काठमाडौं । स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता देखिएको छ । निर्वाचन आयोगका अनुसार दिउँसो १ बजेसम्म ३५ प्रतिशत मतदान सकिएको छ ।
विगतको तुलनमा यसपटकको स्थानीय तहमा मतदान गर्नेमा उत्साह बढेको देखिएको हो । निर्वाचनका लागि सहकारीकर्मी पनि उत्साहित भएका छन् ।
चुनावी मैदानमा सहकारी क्षेत्रमा देखिएका अनुहार पनि उम्मेदवार बनेका छन् । ७ सय ५३ वटा स्थानीय तहमा मतदान हुँदै छ । केही ठाउँमा सामान्य घटना भएपनि निर्वाचन शान्तिपूर्णरुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
Leave a comment