हाइलाइट

बोर्डबाट तिमल्सिनाको राजीनामा

बोर्डबाट तिमल्सिनाको राजीनामा :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बिकास वोर्डको कार्यकारी समितिको विशेषज्ञ सदस्यको जिम्मेवारीबाट माधव तिमल्सिनाले एक महिना नपुग्दै राजीनामा दिएका छन् ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उनलाई विशेषज्ञ समितिमा अप्रिल ७ मा नियुक्त गरेकी थिइन् । 

सहकारी अखबारसँग कुराकानी गर्दै तिमल्सिनाले केही व्यक्तिले अनावश्यक दुःख दिएका कारण राजीनामा गर्न वाध्य हुनुपरेको बताए । 

‘काम गरि खान दिएनन्, दुनियाँभरका भएका÷नभएका कुरा लाउने, रिर्पोट गर्ने, अख्तियार जाने, अनावश्यक दुःख दिने गरेकाले राजीनामा दिएको हुँ’ उनले भने,‘सोझो मान्छेलाई मुर्ख बनाउँदा रहेछन् । बढी नै गरे । अब केही सोच्नुपर्ने बेला भइसक्यो ।’ 

नेपाल केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारी र सचिव तिमल्सिना पक्षबीच विवादले उग्ररुप लिएसँगै संघको विवाद छताछुल्ल भएको थियो । विवादकै कारण साधारणसभा समेत हुन सकेको छैन ।

पुस २९ गते तय भएको साधारणसभा अदालतको आदेशकै कारण स्थगित भएको थियो । वैशाख ४ मा तिमल्सिना पक्षले गर्न खोजेपनि अध्यक्ष भण्डारीले जिल्ला अदालत लतिलपुरमा पुनः उजुरी हालेसँगै  साधारणसभा रोकिएको छ । 

छलफलकै क्रममा रहेकाले अझै साधारणसभा अनिश्चित छ । दवावकै कारण संघका उपाध्यक्ष नारायणभक्त श्रेष्ठले पनि उपाध्यक्षबाट राजीनामा दिइसकेका छन् । 
 



Leave a comment