काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई ‘प्रबल जनसेवाश्री’ द्वारा विभूषित भएका छन् ।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले बिहीबार भण्डारीले विभुषित गरेकी हुन् । संविधान दिवसको अवसरमा विभुषण दिने घोषणा भएको थियो । बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत गुरागाईले उक्त विभुषण पाएका हुन् ।
गुरागाई चार्टट एकाउन्ट (सिए), सामाजिक सुरक्षा कोषको सल्लाहकार र नेपाल लेखामान बोर्डको सदस्य पनि छन् ।
‘सम्मानित हुन पाउँदा म असाध्यै हर्षित भएको छु । यो अभूतपूर्व सम्मान पाउनु मेरो लागि साँच्चै नै ठूलो सौभाग्यको कुरा हो’ उनले भने, ‘यो सम्पुर्ण सहकारीकर्मीको सम्मान हो र तपाईंहरू प्रत्येकलाई यसको श्रेय जान्छ ।’

Leave a comment