हाइलाइट

सहकारीको कारोबार सदस्य केन्द्रीत हुनुपर्छ  

सहकारीको कारोबार सदस्य केन्द्रीत हुनुपर्छ   :: Sahakari Akhabar

बागलुङ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारीले सदस्यलाई केन्द्रीत गरेर संस्थाको व्यवसायलाई अगाडि बढाउनु पर्नेमा जोड दिएकी छन् ।  बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाको तेस्रो सेवा केन्द्रको बिहीबार बागलुङ बजारमा उद्घाटन पछि बोल्दै जिसीले सहकारी सदस्य केन्द्रीत व्यवसाय भएको बताइन् । ‘प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सदस्यहरुको चाहना र आवश्यकतालाई बुझेर योजना र कार्यक्रम बनाउनुपर्छ’ उनले भनिन् । 

सहकारीले सञ्चालन गर्ने व्यवसायलाई मर्यादित बनाउन र प्रविधिको अधिकतम परिचालनमा समेत सहकारीले जोड दिनुपर्ने उनको भनाइ थियो ।  जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष समेत रहेकी जिसीले ग्रामीण क्षेत्रमा स्थापना भई सदरमुकाममा सेवा केन्द्र सञ्चालन गर्ने बलेवा एकता साकोसको काम सह्रानीय रहेको बताइन् । 

११ वर्ष अघि बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानमा स्थापना भएको बलेवा एकता साकोसमा हाल २ हजार १ सय जना शेयर सदस्य छन् । संस्थाले बानपा–१२ अमलाचौर र बानपा–पैयुपाटामा सेवा केन्द्र सञ्चालन गरिसकेको छ । संस्थाले जैमिनी नगरपालिका वडा नं. १ कुश्मीसेरा बजारमा सेवा केन्द्र सञ्चालनको तयारी गरेको प्रवन्धक भरत पौडेलले जानकारी दिए ।         
       
 



Leave a comment