काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सहकारीलाई लगानी गरेको सहुलियत बापतको ४८ लाख कर्जा उसुल गर्न सकेको छैन् । कोषले गत असार मसान्तसम्म विभिन्न सहकारीले लगेको ४८ लाख भन्दा बढी रकम असुल गर्न नसकेको हो ।
कोषका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीका अनुसार ऋण नतिर्ने सहकारीका सञ्चालक तथा सदस्यलाई स्थानीय तहको निर्वाचनमा मतदान नगर्न पत्राचार गरेको छ । ‘ती सहकारीले अझै रकम तिरेनन् भने मतदानबाट वञ्चित हुनेछन्’ उनले भने ।
कोषले सूचना प्रकाशित गर्दै कर्जा सम्झौता गरी कोषको रकम निकासा लिएका केही सहकारी संस्थाले रकम नतिरेकाले १५ दिनभित्र तिर्न ताकेता गरेको थियो । तर, उक्त समयमा धेरै सहकारीले ऋण तिरेका छैनन् ।
कोषले सहकारीलाई ३ वर्षका लागि ऋण दिन्छ । सहकारीले सदस्यलाई २ लाखसम्म सहुलियतमा ऋण प्रदान गर्छन् ।
कोषको रकम नियमितरुपमा तिर्नु÷बुझाउनुपर्नेमा बाँकी देखिअएकाले सूचना प्रकाशित गरेपनि धेरै सहकारीले अटेर गरेको तिवारी बताउँछन् । कोषको खातामा रकम दाखिला गरी स्पष्ट बुझिने भौचरको प्रतिलिपि कोषमा उपलब्ध गराउन भनेपनि ४८ लाख रकम अझै उठ्न नसकेको तिवारीले बताए ।
कोष सञ्चालन नियमावली २०७७ एवम् स्थानीय तहको निर्वाचनसम्बब्न्धी आचारसंहिता २०७८ बमोजिम कारवाहीको प्रक्रिया अघि बढाउने कोषले चेतावनी दिएको थियो तर, अहिलेसम्म कारवाहीका लागि सहकारी संस्थाको नामावली पठाएको छैन ।
कर्जा लिँदादेखि हालसम्मका सञ्चालक समिति, लेखा समिति र कर्जा उपसमितिका पदाधिकारी तथा सदस्यको विवरण निर्वाचन आयोग जिल्ला निर्वाचन कार्यालय तथा स्थानीय तहमा पठाइने चेतावनी दिइएको थियो, तिवारीले केही दिन पर्खेर अझै ऋण तिर्न नआएमा संस्थाको ऋणको विवरणसहितको नामावाली प्रकाशित गर्ने कोषले तयारी गरेको बताए ।
यो पनि पढ्नुहोस् ।
Leave a comment