सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकियो 

सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकियो  :: Sahakari Akhabar

काठमाडौं ।  सहकारी विभागले सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको छ । आज बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले १६ प्रतिशत ब्याजदर तोकेको समितिका सदस्य ओमदेवी मल्लले जानकारी दिइन ।

सहकारी अभियानले बैंक तथा वित्तीय संस्थामा देखा परेको तरलता अभाव तथा बढेको ब्याजदर र सहकारीमा क्यापिङको रुपमा रहेको १४.७५ प्रतिशत ब्याजदरले गर्दा सम्पत्ती दायित्व व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउँदै आएको थियो ।

बैठकले चार÷चार महिनामा नियमित समितिको बैठक बसी सन्दर्भ ब्याजदरको विषयमा छलफल गर्ने निर्णय समेत गरेको छ । ‘बजारमा ब्याजदर बढ्दै गए फेरी तत्काल बैठक बसि निर्णय गर्ने समेत सहमति भएको छ’ सदस्य मल्लले बताइन् । सहकारीको ब्याजदर तय गर्न साउनयता पटकपटक बैठक बसेपनि अझै हेरफेर हुन सकेको थिएन ।

शुक्रबार बिहानदेखि ब्याजदरको अध्ययन गर्न प्राविधिक उपसमितिमा छलफल भएको थियो । प्राविधिक समितिले पछिल्लो तथ्यांकका आधारमा छलफल गरि सहकारीको सन्दर्भ ब्याजदरको टुङ्गो लगाएको हो ।

विभागले १५.७५ प्रतिशतमा अडान लिएको तथा अभियानले १७ प्रतिशतको अडान नछोडेकोले धेरै छलफल पछि मात्र दुवै पक्ष १६ प्रतिशतमा सहमत भएका हुन् । प्राविधिक समितिको सिफारिसका आधारमा ब्याजदर निर्धारण समितिले ब्याजदर तय गरेको जनाइएको छ ।

यो पनि पढनुहोला 

सन्दर्भ ब्याजदर : १६ प्रतिशतकालागि छलफल हुदै



Leave a comment