ब्याज बढाउन सहकारीकर्मीको शक्ति प्रदर्शन (फोटोफिचर)

ब्याज बढाउन सहकारीकर्मीको शक्ति प्रदर्शन (फोटोफिचर) :: Sahakari Akhabar

काठमाडौं । सहकारीको सन्र्दभ ब्याजदर बढाउन सहकारीकर्मीले शक्ति प्रदर्शन गरेका छन् ।  राष्ट्रिय सहकारी महासंघको अगुवाइमा उपत्यकाका सहकारीकर्मीले सहकारी विभाग नयाँ बानेश्वरमा शक्ति प्रदर्शन गरेका हुन् । 

सन्दर्भ ब्याजदर निर्धारण समितिको मंगलबार दिउँसो १ बजेदेखि बैठक सुरु भएको छ ।  सहकारीकर्मीहरुले ११ बजेदेखि विभाग परिसरमा शक्ति प्रदर्शन गरेका हुन् ।

आज सन्दर्भ ब्याजदर निर्धारण नभए महासंघको अगुवाइमा ब्याज तोक्ने  चेतावनी दिएका छन् ।  लामो समयदेखि सन्दर्भ ब्याजदर समितिको बैठक बसेपनि ब्याजदर हेरफेर हुन सकेको छैन । 

बाणिज्य बैंकहरुले निक्षेपममै ११ प्रतिशत भन्दा बढी ब्याज दिन थालेपछि सहकारीकर्मीहरुले सहकारीको सन्दर्भ ब्याजदर बढाउन लबिङ गर्र्दै आइरहेका छन् ।

मंगलबार उपत्यकाका जिल्ला संघहरुमार्फत दवाव दिन विभाग घेराउ गरेका हुन् ।  सहकारीको सन्दर्भ ब्याज १४.७५ बाट नबढे सहकारी टिक्न नसक्ने भन्दै कम्तिमा पनि १७ प्रतिशत पुर्याउने लबिङ गर्दै आएका छन् । 




Leave a comment