काठमाडौं । जिल्ला कृषि सहकारी संघ ललितपुर र च्याउ उपभोक्ता सहकारी संघबीच एकिकरण भएको हो । एकिकरण गर्दा दुवै संघको मिलाएर सर्वसम्मत रुपमा संचालक समिति चयन गरिएको हो । नयाँ संचालकमा च्याउ संघबाट २ जना लेखा समितिमा एक जना आउनुभएको छ ।
एकिकरणताका कृषि संघमा हाम्रो कार्यकाल तीन वर्ष पुगेको थिए । एकिकरण गर्दा हामीले तत्कालिन रजिष्टार विक्रम पाण्डेलाई अब हाम्रो कार्यकाल कति हुन्छ ? भनेर सोधेका थियौं । उहाँले एकिकरणपछिको तदर्थ समिति भनेपनि कार्यकाल ४ वर्ष नै हुन्छ भनेर उल्लेख गरेर विनियम स्विकृत गर्नुभएको हो ।
उक्त विनियमको प्रावधान अनुसार नै हामीले नियमित वार्षिक साधारणसभा बोलाएका हौं । अहिलेसम्म संघमा तीन वटा संचालक समितिको बैठक भएपछि कुनै संचालकको फरक मत राख्नुभएको छैन ।
बैठकमा उहाँहरुले हाम्रो संचालक समिति तदर्थ हो, अब निर्वाचन सहितको साधारणभा गर्नुपर्छ भनेर कुरा उठाउनु भएको छैन । बरु, साधारणसभा गर्ने समय आउन लागेपनि उहाँहरु मिटिङमै आउन छोड्नुभयो । उहाँहरुलाई तपाईहरुको असन्तुष्टि के हो भनेर सोध्दा पनि स्पष्ट जवाफ दिनुभएन ।
साधारणसभाको अघिल्लो दिन एक्कासी स्थगित गर्न र निर्वाचन सहितको साधारणसभा गर्नका लागि निवेदन दिनुभयो । निवेदनमा हस्ताक्षर गर्नेमध्ये तिन जना संचालकहरु लक्ष्मी कार्की, काशिनाथ सापकोटा र कृष्णप्रसाद संजेलको साधारणभा गर्ने संघको निर्णयमा पनि हस्ताक्षर छ ।
त्यसपछि संघले नियम पुर्याएर नै ३५ दिनको समयसीमा राखेर साधारणसभाको मिति तोकेका हौं । उक्त निर्णयको माइन्युटमा ८ जना संचालकको हस्ताक्षर छ । यो बिचमा साथीहरुले केहि भन्नुभएन ।
तर साधारणसभाको अघिल्लो दिन एक्कासी स्थगित गर्न र निर्वाचन सहितको साधारणसभा गर्नका लागि निवेदन दिनुभयो । निवेदनमा हस्ताक्षर गर्नेमध्ये तिन जना संचालकहरु लक्ष्मी कार्की, काशिनाथ सापकोटा र कृष्णप्रसाद संजेलको साधारणभा गर्ने संघको निर्णयमा पनि हस्ताक्षर छ ।
उहाँहरुले दवावका कारण उजुरीमा पनि हस्ताक्षर गर्नुभएको होला । साधारणसभा रोक्न रजिष्ट्रार कार्यालयमा उजुरी परेको मलाई थाहा छैन । यसैगरी स्थगित गर्न कसैको निर्देशन पनि आएको छैन ।
बरु, साथीहरुको भावनालाई पनि सम्मान गर्दै आजको साधारणसभा स्थगित गरेको छुँ । अब साथीहरुसँग बसेर एकचरण छलफल गछौं, त्यसपछि पनि कुरा मिलेन भने नियम अनुसार अघि बढ्ने हो ।
मैले कानुन विपरित र साथीहरुको भावना विपरित हुने कुनै काम गरेको छैन । यसमा अरु साथीहरुले राजनीतिक गरे भन्ने मलाई फिल भएको छ ।
(कृषि सहकारी संघको साधारणसभाको विवादबारे अध्यक्ष मल्लसँग गरिएको कुराकानीमा आधारित)
यो पनि पढ्नुहोला
विवादपछि कृषि सहकारी संघ ललितपुरको साधारणसभा स्थगित
कृषि सहकारी संघको साधारणसभा स्थगित गर्न उजुरी
Leave a comment