हाइलाइट

रजिष्ट्रार कार्यालयको निर्देशन अनुसार नै साधारणभा, साथीहरुको भावनालाई कदर गर्दै स्थगन : अध्यक्ष मल्ल 

रजिष्ट्रार कार्यालयको निर्देशन अनुसार नै साधारणभा, साथीहरुको भावनालाई कदर गर्दै स्थगन : अध्यक्ष मल्ल  :: Sahakari Akhabar

काठमाडौं । जिल्ला कृषि सहकारी संघ ललितपुर र च्याउ उपभोक्ता सहकारी संघबीच एकिकरण भएको हो । एकिकरण गर्दा दुवै संघको मिलाएर सर्वसम्मत रुपमा संचालक समिति चयन गरिएको हो । नयाँ संचालकमा च्याउ संघबाट २ जना  लेखा समितिमा एक जना आउनुभएको छ ।

एकिकरणताका कृषि संघमा हाम्रो कार्यकाल तीन वर्ष पुगेको थिए । एकिकरण गर्दा हामीले तत्कालिन रजिष्टार विक्रम पाण्डेलाई अब हाम्रो कार्यकाल कति हुन्छ ? भनेर सोधेका थियौं । उहाँले एकिकरणपछिको तदर्थ समिति भनेपनि कार्यकाल ४ वर्ष नै हुन्छ भनेर उल्लेख गरेर विनियम स्विकृत गर्नुभएको हो ।

उक्त विनियमको प्रावधान अनुसार नै हामीले नियमित वार्षिक साधारणसभा बोलाएका हौं । अहिलेसम्म संघमा तीन वटा संचालक समितिको बैठक भएपछि कुनै संचालकको फरक मत राख्नुभएको छैन ।

बैठकमा उहाँहरुले हाम्रो संचालक समिति तदर्थ हो, अब निर्वाचन सहितको साधारणभा गर्नुपर्छ भनेर कुरा उठाउनु भएको छैन । बरु, साधारणसभा गर्ने समय आउन लागेपनि उहाँहरु मिटिङमै आउन छोड्नुभयो । उहाँहरुलाई तपाईहरुको असन्तुष्टि के हो भनेर सोध्दा पनि स्पष्ट जवाफ दिनुभएन ।

साधारणसभाको अघिल्लो दिन एक्कासी स्थगित गर्न र निर्वाचन सहितको साधारणसभा गर्नका लागि निवेदन दिनुभयो । निवेदनमा हस्ताक्षर गर्नेमध्ये तिन जना संचालकहरु लक्ष्मी कार्की, काशिनाथ सापकोटा र कृष्णप्रसाद संजेलको साधारणभा गर्ने संघको निर्णयमा पनि हस्ताक्षर छ ।

त्यसपछि संघले नियम पुर्याएर नै ३५ दिनको समयसीमा राखेर साधारणसभाको मिति तोकेका हौं । उक्त निर्णयको माइन्युटमा ८ जना संचालकको हस्ताक्षर छ । यो बिचमा साथीहरुले केहि भन्नुभएन ।

तर साधारणसभाको अघिल्लो दिन एक्कासी स्थगित गर्न र निर्वाचन सहितको साधारणसभा गर्नका लागि निवेदन दिनुभयो । निवेदनमा हस्ताक्षर गर्नेमध्ये तिन जना संचालकहरु लक्ष्मी कार्की, काशिनाथ सापकोटा र कृष्णप्रसाद संजेलको साधारणभा गर्ने संघको निर्णयमा पनि हस्ताक्षर छ ।

उहाँहरुले दवावका कारण उजुरीमा पनि हस्ताक्षर गर्नुभएको होला । साधारणसभा रोक्न रजिष्ट्रार कार्यालयमा उजुरी परेको मलाई थाहा छैन । यसैगरी स्थगित गर्न कसैको निर्देशन पनि आएको छैन ।

बरु, साथीहरुको भावनालाई पनि सम्मान गर्दै आजको साधारणसभा स्थगित गरेको छुँ । अब साथीहरुसँग बसेर एकचरण छलफल गछौं, त्यसपछि पनि कुरा मिलेन भने नियम अनुसार अघि बढ्ने हो ।

मैले कानुन विपरित र साथीहरुको भावना विपरित हुने कुनै काम गरेको छैन । यसमा अरु साथीहरुले राजनीतिक गरे भन्ने मलाई फिल भएको छ ।

(कृषि सहकारी संघको साधारणसभाको विवादबारे अध्यक्ष मल्लसँग गरिएको कुराकानीमा आधारित) 

यो पनि पढ्नुहोला

विवादपछि कृषि सहकारी संघ ललितपुरको साधारणसभा स्थगित

कृषि सहकारी संघको साधारणसभा स्थगित गर्न उजुरी 

 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000