त्रिगङ्गा सहकारी : ८० लाख लिएर अध्यक्ष फरार, संस्था बन्द

त्रिगङ्गा सहकारी : ८० लाख लिएर अध्यक्ष फरार, संस्था बन्द :: Sahakari Akhabar

झापा । झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थामा हिनामिना भएको खुलेको छ । संस्थापक अध्यक्ष राजेन्द्र खनालले ८० लाख बढी रकम लिएर फरार भएको पीडितहरुले बताएका छन् । अध्यक्ष खनाल मंसिरदेखि सहकारीको सम्पर्कमा नभएपछि कर्मचारीले मंसिर २९ गतेदेखि कार्यालय बन्द गरेका हुन् । 

सहकारीको ठगी विषयमा उजुरी गरिए पनि अहिलेसम्म नगरपालिका र स्थानीय प्रशासनले सो विषयमा पहलकदमी नचालेको भन्दै पीडित रुष्ट छन् ।

पीडितले सामाजिक सञ्जालमार्फत् न्यायका लागि सहयोग पु¥याइदिन अपिल गरेका छन् ।   अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएर सम्पर्कविहीन भएको दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते नै लिखितरूपमा जानकारी गराएका थिए । 
 



Leave a comment