सहकारी विकास बोर्डको सहअध्यक्षमा दवाडी

सहकारी विकास बोर्डको सहअध्यक्षमा दवाडी :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्षमा मित्रराज दवाडी नियुक्त भएका छन् ।  मन्त्रिपरिषद्को निर्णयबाट बोर्डको सहअध्यक्षमा दवाडी नियुक्त भएका हुन् ।

दवाडी सहकारी तथा सामाजिक अभियन्ता र  कृषि बिज्ञ हुन् । सहअध्यक्ष दक्ष पौडेलको गत असोजमै चार वर्षे कार्यकाल सकिएपछि बोर्डको सहअध्यक्ष पद रिक्त थियो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले दवाडीलाई सहअध्यक्ष बनाउने प्रस्ताव केही समयअघि मन्त्रिपरिषद्मा लगेकी थिइन् ।

सरकारले विकास बोर्ड खारेज गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको छैन । बोर्डको अथाह सम्पत्ति भएपनि सदुपयोग हुन सकेको छैन ।

६ करोड आन्तरिक र ६ करोड सरकारले बजेट विनियोजन गर्दै आएकोमा यस वर्ष आधा करोड पनि बजेट विनियोजन नभएको हो । बोर्ड खारेज गर्ने निर्णय पनि सरकारले नगरी बजेट विनियोजन नगर्दा अन्याय भएको बोर्डका पदाधिकारी बताउँछन् । 
 



Leave a comment