इच्छा सहकारी बन्द, निक्षेप फिर्ता नदिएको आरोप

इच्छा सहकारी बन्द, निक्षेप फिर्ता नदिएको आरोप :: Sahakari Akhabar

चीना थापा, विराटनगर । सहकारीमा समस्या देखिएपछि एक वर्ष अगाडि बन्द भएको विराटनगरस्थित इच्छा बचत तथा ऋण सहकारी संस्थाले निक्षेपकर्ताहरूको लाखौं रूपैयाँ फिर्ता नगरेको पाइएको छ ।

निक्षेपकर्ताहरूको लाखौं रुपैयाँ बचत गरेको रकम इच्छा सहकारीले नदिएपछि बचतकर्ताहरु पीडित बनेका छन् । सहकारीले बचत गरेको पैसा दिन आलटाल गर्दै आएको बचतकर्ताहरूले गुनासो गरेका छन् ।

आफूले बचत गरेको पैसा दिन आलटाल गर्दै आएको विराटनगर–१७ रानीका रेहमान आलमले बताए । किराना पसल चलाउने उनले इच्छा सहकारीमा २०७५ साल साउन १४ गते खाता खोलेर मुद्दती र चल्ती खातामा १२ लाख रूपैयाँ बचत गरेका थिए ।

अहिले काम परेपछि पैसा झिक्न सहकारी जाँदा बन्द भएको पाएको आलमले बताए । उनले सहकारीका अध्यक्ष र सञ्चालकहरूलाई भेटर बचत गरेको पैसा माग्दा नदिएको गुनासो गरेका छन् । सहकारी बन्द भएको वर्ष दिन भइसक्दा पनि बचतको पैसा फिर्ता नपाएको उनको भनाइ छ ।

‘बचत गरेको पैसा लिन जाँदा सहकारी बन्द गरि सञ्चालकहरूले अर्कौ व्यवसाय सुरू गरेका रहेछन्’ आलमले भने, ‘बचत गरेको पैसा माग्दा भाका मात्र दिने गरेका छन्, अझै पैसा पाएको छैन ।’

सहकारीले बचत फिर्ता गर्न १२ लाखको दुई वटा चेक दिएको भएपनि त्यो चेक बैंकमा पैसा नभएकोले फिर्ता भएको उनको भनाइ छ ।

सहकारीले उनलाई ५ लाखको चेक गत वर्षको साउन ३० र अर्को ७ लाखको गत कार्तिक १२ गते मिति राखेर दिएको थियो । चेक बोकेर बैंकमा जाँदा खातामा पैसा नभएको पाइएको उनले बताए ।

‘अहिले पनि हाम्रो बजारमा १ करोड रूपैयाँ ऋण उठ्न बाँकी रहेको छ,’ उनले भनिन्, ‘ऋण प्रबाह गरेको पैसा उठ्न बाँकी रहेकोले निक्षेपकर्ताहरुको पैसा दिन सकेका छैनौं । आफूहरु नभागेको दावी गर्दै उनले बजारबाट पैसा उठेपछि बचतकर्ताको बचत फिर्ता गर्ने बताइन् ।

सहकारीका सञ्चालकहरुले भनेको मितिमा निक्षेपकर्ताहरुको पैसा फिर्ता नभएपछि बचतकर्ताले कानूनी कारवाहीको प्रक्रियामा अगाडि बढ्ने तयारी गरेका छन् ।

सहकारीका अध्यक्ष श्यामबाबु साह, सचिब इन्द्र काइेराला र व्यवस्थापक तथा सञ्चालक सम्झना कोराइला हुन् । उनीहरूले अहिले विराटनगरको बरगाछीमा सिटी रिक्साको पसल सञ्चालन गरेका बसेका छन् ।

सहकारी बन्द गरेर ‘इशा ट्रेडर्स’ नाम गरेको पसल सञ्चालन गरेका उनीहरुले बचतकर्ता धेरैको रकम फिर्ता नगरेको आलमको भनाइ छ । 

सहकारी सञ्चालक तथा व्यवस्थापक सम्झना काइरालाले बिनाधितोमा ऋण प्रबाह गरेको सहकारीले ऋण उठाउन नसक्दा बन्द भएको बताइन् ।

‘अहिले पनि हाम्रो बजारमा १ करोड रूपैयाँ ऋण उठ्न बाँकी रहेको छ,’ उनले भनिन्, ‘ऋण प्रबाह गरेको पैसा उठ्न बाँकी रहेकोले निक्षेपकर्ताहरुको पैसा दिन सकेका छैनौं ।

आफूहरु नभागेको दावी गर्दै उनले बजारबाट पैसा उठेपछि बचतकर्ताको बचत फिर्ता गर्ने बताइन् ।




Leave a comment