हाइलाइट

दूधबाट मनग्य आम्दानी

दूधबाट मनग्य आम्दानी :: Sahakari Akhabar

तेह्रथुम । तेह्रथुमका सहकारीका सदस्यले दूध उत्पादनबाट मनग्य आम्दानी गर्न थालेका छन् ।  किसान व्यावसायिक रुपमा पशुपालनतर्फ आकर्षित भएसँगै दूध उत्पादन बढ्दै गएको हो । सहकारीले आफ्ना सदस्यलाई दूध उत्पादनमा सघाइरहेको छ । 

पछिल्लो समयमा तेह्रथुममा दुध उत्पादनमा वृद्धि भएको छ । जिल्लाको पश्चिमी क्षेत्र लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाका किसान व्यावसायिक पशुपालन गर्दै आएका छन् । दुध बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन् । 

दुग्ध उत्पादक जिल्ला सहकारी संघ तेह्रथुमका अनुसार जिल्लामा दैनिक १७ हजार लिटर दुध उत्पादन हुँदै आएको छ । जिल्लाका २८ वटा सहकारीमा आबद्ध किसानहरुले दुध उत्पादन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष बुद्धीमान खुलालले बताए । 

दुई वर्षको तुलनामा जिल्लाका दुध दोब्बरले उत्पादन बढेको छ । संघले जिल्लाका दुग्ध उत्पादक किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ स्थानीय, प्रदेश र संघीय सरकारसँग साझेदारी गरी अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यहाँका युवाहरु गाई फर्म दर्ता गरी व्यावसायीक रुपमा दुध उत्पादन गर्दै आएका छन् । गाउँमा उत्पादन भएको दुध सहकारी संस्थाहरुले दुध संकलन गर्छन् । १ हजार ४ सय किसानले उत्पादन गर्दै आएको दुध गाउँ गाउँमा स्थापना भएका छुर्पी उद्योगमा खपत हुन्छ ।

बढी भएको दुध दुग्ध संस्थानमा बिक्री हुन्छ । व्यवसायिक बनाउन सस्तो व्याजमा सहकारी संस्थाहरुले कर्जा प्रवाह गर्दै आएको थर दुग्ध सहकारी संस्थाका व्यवस्थापक लोकेन्द्र बुढाथोकीले बताए ।

किसानले जर्सी र होलेस्टेन जातका गाई पालेका छन् । दैनिक ३ देखि २० लिटर किसानले दुध उत्पादन गर्छन् ।  पछिल्लो समय गाउँमा स्थापना भएको उद्योगले दुध खपत गर्न थालेपछि किसानलाई अझ टेवा पुगेको स्थानीय भुपाल बुढाथोकीले बताए । उद्योगले छुर्पी, घ्यु, पनिर उत्पादन गर्छन् । 




Leave a comment