प्रदेश १ को बहुउद्देश्यीय सहकारी संघ दर्तामा रजिष्ट्रारले किन लेखे दरपिट

प्रदेश १ को बहुउद्देश्यीय सहकारी संघ दर्तामा रजिष्ट्रारले किन लेखे दरपिट :: Sahakari Akhabar

काठमाडौं । प्रदेश १ को बहुउद्देश्यीय सहकारी संघ दर्ता गर्न रजिष्ट्रारले आनाकानी गरेका छन् । सबै प्रक्रिया पूरा गरेपनि रजिष्ट्रार कार्यालयले विभिन्न बाहाना बनाएर दर्ता रोकेका हुन् ।

संघ दर्ताको पहिलो निवेदनमाथि दरपिट लेख्दै रजिष्ट्रारले निवेदकलाई टारेका छन् । प्रदेश १ को रजिष्ट्रार कार्यालयले कागजात पूरा भएपनि केही कागजात पूरा नभएको देखिएको बहाना बनाएको निवेदकले दावी गरेका छन् ।

पछिल्लो पटक रजिष्ट्रारले निवेदकको निवेदन माथिनै दरपिट लेख्दै भदौ २८ मा प्रस्तावित संघमा आबद्ध हुन चाहने संघ संस्थालाई आह्वान गरिएको १५ दिने सूचना गरेको पनि उल्लेख गर्न भनेका छन् ।

उनले नपुग कागजात, १५ दिनभित्र सदस्यता प्राप्त गर्न चाहने संघसंस्थालाई आवेदकमा राखी आवेदन दिएमा ५ वटा संघका अध्यक्ष आएमा दर्ता गरिदिने दरपिटमा उल्लेख गरेका छन् । निवेदकले सूचना, भेलालगायतका सम्पूर्ण प्रकृया पुरा गरेको निवेदक सनिप भुजेलको भनाइ छ । 

रजिष्ट्रारले लेखेको दरपिट


प्रदेशमा स्थापना भएका सहकारीको ५० प्रतिशत प्रारम्भीक भेला गरेर फाइल प्रदेशमा पु¥याइएको थियो । तर पनि रजिष्ट्रारले संघ दर्ता गरेका छैनन्, उनले भने । हामीले पत्र पत्रिका तथा रेडियोमा सूचना प्रकाशन प्रशारण गरेको भएपनि रोडियोको सूचना आधिकारिक नहुने भनेर पून सूचना जारी गर्न भनेको भुजेलले बताए ।

सहकारी रजिष्ट्रारको कार्यालयमा दुइवटा फाइल गएकाले पनि रजिष्ट्रारले राजनीतिक दवाव र पहुँचका भरमा दर्ता नगर्न अनेक बाहना बनाएको बताइएको छ । प्रदेश १ सहकारी संघले विराटनगरमा गरेको कार्यक्रममा भएको उपस्थितिलाई बहुउद्देश्यीय संघ गठनको भेलाको उपस्थिती जनाई हस्ताक्षर संकलन गरेको थियो । 

उक्त भेला अघिनै संघ दर्ताका लागि प्रकृया पुर्याएर फाइल लगिए पनि बहाना बनाएर दर्ता नगरेको गुनाँसो छ । भुजेलको संयोजकत्वमा प्रदेश बहुउद्देश्यीय सहकारी संघ दर्ताको लागि फाइल गएको थियो ।

तर रजिष्ट्रारले विभिन्न बाहाना बनाएर दर्ता नगरेको पाइएको हो ।  उक्त समयमा प्रदेश १ मा ७ वटा जिल्ला बुहुउद्देश्यीय संघका प्रतिनिधि थिए । उक्त फाइल दर्ताका लागि गएका प्रतिनिधिलाई समेत दवाव दिएर फाइल झिक्न लगाइएको बताइएको छ ।

पछिल्लो पटक दर्ता भएका संघ संगै प्रदेश्मा ९ वटा बहुउद्देश्यीय संघ भएका छन् भुजेल समुहले ५ वटा संघको फाइल पेश गरेपछि भने रजिष्ट्रारले उक्त समुहलाई दरपिट लेखेर टारेका छन् ।



Leave a comment