सहकारीमा प्रबिधि प्रयोग : नबनेको गाइडलाइन र कार्यविधि

सहकारीमा प्रबिधि प्रयोग : नबनेको गाइडलाइन र कार्यविधि :: Sahakari Akhabar

काठमाडौं । सहकारीलाई प्रविधि प्रयोग गर्न सकस भइरहेको छ । प्रविधितर्फ प्रोत्साहन गर्ने राज्यको नीति भए पनि सहकारीले प्रविधि प्रयोगमा कन्जुस्याई गरिरहेको पाइएको छ ।सहकारी विभागका अनुसार देशभर ३० हजार सहकारी छन् । त्यसमध्ये केही सयले मात्रै प्रविधिको प्रयोग गरेका छन् ।

पछिल्लो समयमा प्रविधितर्फ सहकारी उत्साहित भएका छन् । तर नीतिगत अस्पष्टताका कारण सहकारी अन्योलमा छन् । कतिले वैकल्पिक माध्यमबाट प्रविधि प्रयोग गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सहकारीलाई प्रविधिमा जान प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको  छ । मौद्रिक नीति पश्चात सहकारीमा प्रविधि भित्र्याउन आवश्यक गृहकार्य भएको छैन । राष्ट्रिय सहकारी महासंघलगायत सहकारी अभियान पनि मौन बसेको छ । सहकारी विभागले पनि कार्यविधि बनाउनततर्फ ध्यान दिन सकेको छैन ।

तर सहकारीले वैकल्पिक माध्यमबाट भए पनि प्रविधि प्रयोग गर्दै आएका छन् । राष्ट्र बैंकले प्रोत्साहन गर्ने नीति लिएसँगै सहज भएको छ । तर त्यस अनुसार कसरी अघि बढ्ने भन्ने अन्योल छ ।

त्यतिमात्र नभई राष्ट्रिय सहकारी महासंघले पनि गाइडलाइन बनाउने घोषणा गरेको महिनौं बितिसकेको छ । गत चैत्रमै महासंघले मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नारा तय गरेको थियो ।महासंघका अध्यक्ष मिनराज कँडेलले प्रविधि भित्र्याउन गाइडलाइन छिट्टै बनाउने घोषणा गरेका थिए । तर अहिलेसम्म पनि महासंघले गाइडलाइन बनाउन सकेको छैन ।

सहकारी विभागका रजिष्ट्रार लीलाप्रसाद शर्माले कोपोमिस नै पहिलो प्राथमिकता भएको बताए । ‘कोपोमिसमा सहकारी अनिवार्य आउने व्यवस्था गरेका छौं’, उनले भने,‘हामीले राष्ट्रिय सहकारी महासंघ र २० वटा केन्द्रीय संघलाई पत्राचार गरी कोपोमिसमा आवद्धताको अवस्था र आबद्धता हुन कठिनाइका विषयमा स्पष्ट खुलाएर पठाउन अनुरोध गरेका छौं’ उनले भने ।

५/६ वर्षदेखि कोपोमिसको चर्चा चलेपनि सहकारी अझै आउन सकेका छैनन् । विभागले यसबाहेक प्रविधिमैत्री सहकारी बनाउन अरु कुनै उपाय अबलम्बन गर्न सकेको छैन ।म्यानुअलमै सीमित सहकारीले पछिल्लो समयमा प्रविधि आत्मसात गर्ने क्रम बढ्दो छ ।

एटीएम, मोबाइल बैंकिङ, ट्याबलेट बैंकिङ, एकाउन्ट नोटिफिकेसन, ब्रान्चलेस बैंकिङ, युटिलिटी पेमेन्ट, क्यूआर कोडलगायत प्रविधि प्रयोगमा सहकारीको ध्यान जान थालेको छ । म्यानुअलमा सञ्चालनमा आएका सहकारीले सफ्टवेयर प्रयोगमा जोड दिन थालेका छन् । तर उनीहरु विभागले सुरु गरेको कोपोमिसमा आउन आनाकानी गरिरहेका छन् ।

सफट्वेयरमा एकरुपता ल्याउन सके प्रविधि प्रयोगमा सहज हुने सहकारीकर्मी बताउँछन् । विभागले कोपोमिसलाई सहयोग पुग्नेगरी आफै या निश्चित कम्पनीलाई सिफारिस गरेमा पनि प्रविधि प्रयोग उल्लेख्य बढ्ने सहकारीकर्मी बताउँछन् ।

सहकारीले प्रविधि आत्मसात गर्नैपर्ने भएपनि धेरैजसो सहकारी अन्योलमा छन् । राष्ट्र बैंकले सहकारी वेवास्ता गर्ने, विभागको क्षमता र कार्ययोजना स्पष्ट नहुदाँ कतिपय सहकारी प्रविधि प्रयोग गर्न पाएका छैनन् ।

त्यतिमात्र नभई राष्ट्रिय सहकारी महासंघले पनि गाइडलाइन बनाउने घोषणा गरेको महिनौं बितिसकेको छ । गत चैत्रमै महासंघले मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नारा तय गरेको थियो ।

महासंघका अध्यक्ष मिनराज कँडेलले प्रविधि भित्र्याउन गाइडलाइन छिट्टै बनाउने घोषणा गरेका थिए । तर अहिलेसम्म पनि महासंघले गाइडलाइन बनाउन सकेको छैन । परिवर्तित समयलाई सहकारीले खासै पछ्याउन नसकेको पाइएको छ । कोर बैंकिङ प्रविधि प्रयोग गर्ने सहकारी उल्लेख्य बढेका छन् ।

सफट्वेयरमा एकरुपता ल्याउन सके प्रविधि प्रयोगमा सहज हुने सहकारीकर्मी बताउँछन् । विभागले कोपोमिसलाई सहयोग पुग्नेगरी आफै या निश्चित कम्पनीलाई सिफारिस गरेमा पनि प्रविधि प्रयोग उल्लेख्य बढ्ने सहकारीकर्मी बताउँछन् ।



Leave a comment