दुई सहकारीकर्मीलाई अक्कुको अवार्ड

दुई सहकारीकर्मीलाई अक्कुको अवार्ड :: Sahakari Akhabar

ललितपुर । एसियाली ऋण महासंघ (अक्कु) ले राष्ट्रिय सहकारी बैंकको सिफारिसमा दुईजना सहकारीकर्मीलाई अवार्ड प्रदान गरेको छ ।  सहकारीको माध्यमबाट स्थानीयरुपमा उपलब्ध श्रोत तथा साधनको समुदायस्तरमा न्यायोचित वितरण गरी सदस्यहरुको जीवनस्तरमा परिवर्तन, गरिवी न्यूनीकरणमा सहयोग र रोजगारी सृजनामा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै नेपालका दुईजना सहकारीकर्मीलाई अवार्ड  दिएको हो । 

अक्कुको सञ्चालक समितिको निर्णय अनुसार आउटस्ट्यान्डिङ अवार्ड फर क्रेडिट युनियन भोलेन्टर  प्राप्त गर्नेमा जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखाका पूर्व अध्यक्ष यज्ञराज ढुङ्गेल र आउटस्ट्यान्डिङ अवार्ड फर क्रेडिट युनियन एक्जुकेटिभ प्राप्त गर्नेमा काभ्रेपलाञ्चोकको बनेपामा रहेको बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत केबी लामा निर्वाचित भएका हुन् । 

ढुङ्गेल र लामाले लामो समयदेखि सहकारी अभियान मार्फत स्थानीय स्रोतको परिचालन गरी आर्थिक, सामाजिक विकासका महत्वपूर्ण क्षेत्रमा योगदान गरेका छन् । स्वास्थ्य, शिक्षा, यातायात, सञ्चारमा पहुँच, साँस्कृतिक स्वतन्त्रताका पक्ष तथा स्रोतको पहुँचमा विभेदको अन्त्य, लैगिंक असमानताको अन्त्य, दिगो विकासका लक्ष्यको प्राप्तिका  लागि रूपान्तरणकारी योगदान गरेको अक्कूले जनाएको छ । 

सहकारीको लेखा तथा सञ्चालन व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, वित्तीय समावेशितामा जोड, सीमान्तकृत समुदायलाई आधुनिक डिजिटल प्रविधिको सेवा मार्फत वित्तीय पहुँचमा वृद्धि गरि सदस्यको जीवनस्तर उकास्न गरेको अतुलनीय क्षमतालाई मुल्याङकन गर्दै अक्कुले अवार्ड दिने निर्णय गरेको हो । 

ढुङ्गेल र लामा नेपालको ग्रामीण क्षेत्रमा रही बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व गरि सहकारीको माध्यमबाट गरिवी उन्मुलन गरि ग्रामिण क्षेत्रको अर्थतन्त्रको विकासमा सहयोग पु¥याई रहेका छन् । 

अवार्डका लागि योग्य रहेको भन्दै बैंक संचालक समितिले निर्णय गरि सिफारिस अक्कुको कार्यालय थाईल्याण्डमा पठाएको थियो ।  ढुङ्गेल तीन कार्यकाल जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखाको अध्यक्ष भई हाल सहकारीका विभिन्न क्षेत्रमा सक्रिय छन् । लामा लामो समय देखि बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था बनेपाको प्रमुख कार्यकारी अधिकृत हुन् । 




Leave a comment