काठमाडौँ । काठमाडौँ जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घले कारोबार सुरु गरेको छ । न्युरोडमा शुक्रपथ सहकारी रहेको भवनमा रहेको सङ्घको कार्यालयबाट कारोबार शुभारम्भ भएको हो ।
संघको कारोबार सुरु भएको पहिलो दिन १ करोडको कारोबार भएको छ । सदस्यहरुले १ वर्षे आवधिक बचत खाता सञ्चालन गरेका छन् । ५ वटा सहकारीले सदस्यताका लागि आवेदन दिएका छन् ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले संघको कारोबारको उद्धघाटन गर्दै संघहरुले व्यवसायिक काम गर्नुपर्ने बताए । निश्क्रिय संघ खारेज अथवा मर्जको विकल्प नभएको उनको भनाइ छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बचत मात्र नभई व्यवसायिक काम गर्न सुझाए । बैंकको सहयोग, सद्भाव सधै रहने भन्दै अध्यक्ष उप्रेतीले संघलाई कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको बताए ।
बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका महासचिव माधव तिमल्सिानाले जिल्ला संघ व्यवस्थित भए केन्द्रीय संघ व्यवस्थित हुन सघाउ पुग्ने बताए । सहकारी ऐनको प्रावधानमै अलमलमा रहनुभन्दा उत्पादन तथा व्यवसायिक काम गर्नुपर्ने उनले बताए ।
काठमाडौँ जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घका अध्यक्ष मनोज थापा मगरले बचत तथा ऋण सँगै बजारीकरण, प्याकेजिङ र ब्रान्डिङका काम पनि गर्ने तयारी भएको बताए । परियोजना सञ्चालन गरी संघ तथा सदस्य सहकारीमार्फत कृषि तथा व्यवसायिक काम गर्ने बताए ।
संघका निवर्तमान अध्यक्ष तुलसीप्रसाद सापकोटाले बहुउद्देश्यीय सहकारीलाई उद्देश्य अनुसारको काम गर्न प्रेरित गर्ने बताए । स्थानीय तहसँग समन्वय गरी सहकारीलाई सेवा दिने तयारी भइरहको उनको भनाइ छ ।
संघका सञ्चालक महाशंकर रेग्मीले भण्डारण र बजारीकरणमा काम गर्ने योजना रहेको बताए । ३ वर्षे रणनीति तयार भएको भन्दै उनले भिजन अनुसार काम गर्ने बताए । उत्पादन र बजारीकरणमा सदस्य सहकारीलाई हिँडाउन पनि नेतृत् वगर्ने उनले बाए ।
संघले गत आर्थिक वर्ष २०७७/७८ मा १ करोड २५ लाखको कारोबार गरेको छ । त्यो भन्दा अघि ८ लाखको पनि कारोबार हुन सकेको थिएन । सङ्घको २२ लाखको सेयर पुँजी पुगेको छ । यो वर्ष साढे ७ करोडको कारोबार गर्ने तयारी छ ।
तीन वर्षको कार्य योजना र बजेट तयार भइसकेकाले हामीले लक्ष्य पूरा गर्ने छौँ । कतिपय विभिन्न निकायसँग समन्वय गरेर काम गर्ने कार्यक्रम छन् । कतिपय आफैँ पनि कार्यक्रम गर्न सक्ने छौँ ।
Leave a comment