काठमाडौँ । काठमाडौँ जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घले भोलिदेखि कारोबार सुरु गर्ने भएको छ । काठमाडौँको न्यूरोड प्यूखाबाट कारोबार सुरु गर्न लागिएको हो । न्युरोडमा शुक्रपथ सहकारी रहेको भवनमा रहेको सङ्घको कार्यालयबाट सङ्घले कारोबार शुभारम्भ गर्न लागेको हो ।
यसअघि सङ्घ बिजुली बजारमा थियो । यस अघि सङ्घले सहकारीलाई सेयर सदस्यता मात्रै दिने गरेको थियो । अब बचत तथा ऋण सँगै बजारीकरण, प्याकेजिङ र ब्रान्डिङका काम पनि गर्ने तयारी गरेको छ । काठमाडौँ जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घका अध्यक्ष मनोज थापा मगरले शुक्रबारदेखि कारोबार शुभारम्भ गर्न लागेको बताए ।
परियोजना सञ्चालन गर्ने लक्ष्य छ
नेपालको सहकारी अभियान उत्पादन, बिक्री वितरणसँग जोडिन्छ । आम मानिसको आर्थिक तथा गैर आर्थिक विषयमा सहकारी जोडिन्छ । सहकारी ऐनमै बहुउद्देश्यीय सहकारीलाई बहु आयामिक क्षेत्रमा लगानी गर्ने कुरा आएको छ । तर थ्रेसहोल्ड नलगाएको भए हुन्थ्यो भन्ने छ । यसले गर्दा हामी अझै अन्योलमा छौँ । ऐन आएको चार पाँच वर्ष भयो । संशोधन हुँदै पनि जाला ।
सङ्घहरू सबैभन्दा पहिला आत्मनिर्भर हुनुपर्छ । अरूले आयोजना गरेका कार्यक्रममा मात्र रमाएर बस्न हुँदैन । सङ्घलाई कसरी समृद्ध बनाउने, बहुउद्देश्यीय सहकारीको आड भरोसा बनाउने भन्नेतर्फ ध्यान केन्द्रित भएको छ ।
हामी काठमाडौँ सङ्घलाई आत्मनिर्भर बनाउन लागिपरेका छौँ । अहिले १ सय ४० सहकारी हामीसँग आबद्ध छन् । यो वर्षमा आबद्धता बढाउने हाम्रो योजना छ । सङ्घ तथा सदस्य सहकारीहरूका लागि रणनीति पनि बनाएका छौँ ।
यसले सङ्घ व्यवस्थित हुन र सहकारीलाई उत्पादन तथा बजारीकरणमा काम गर्न पनि सघाउ पुग्ने छ । सदस्यता विस्तारसँगै पुँजी निर्माणको अभियान पनि सुरु गरेका छौँ । मासिक बचत गर्ने योजना पनि छ । निरन्तर तालिम आयोजना गर्ने छौँ ।
सदस्यको क्षमता अभिवृद्धि गर्ने लक्ष्य छ । कृषि, दुग्धलगायत व्यापारिक क्षेत्रमा लगानी गर्ने योजना छ । परियोजना सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अब सङ्घको आफ्नै परियोजना हुने छ । अध्ययन, अवलोकन र सम्भाव्यता अध्ययन गरेर परियोजना छनोट गर्ने छौँ ।
बिजुली बजारबाट न्यूरोडमा सरेका छौँ । मासिक ५ हजार बचत गर्ने र सेयरमा ५ हजारको अनिवार्य व्यवस्था गरेका छौँ । परियोजना सञ्चालन गर्न अध्ययन, अवलोकन गरी सम्भाव्ययता अध्ययन गरी लगानी गर्ने परियोजना गर्ने र उत्पादन र बजारीकरणमा फोकस हुने हाम्रो ध्येय छ ।
तीन वर्षे रणनीति बनाएका छौँ
बहुउद्देश्यीय सहकारी सङ्घ काठमाडौँको भोलिदेखि कारोबार शुभारम्भ हुँदै छ ।न्युरोड प्यूखाबाट कारोबार सुरु गर्न लागेको हो । सङ्घले बचत तथा ऋणको पनि काम गर्ने छ । त्यस्तै आफ्ना सदस्यहरूलाई परामर्श तथा तालिम दिने योजना बनाएका छौँ । त्यसै गरी आन्तरिक अनुगमनका काम पनि हुने छन् । बहुउद्देश्यीय सहकारीलाई उद्देश्य अनुसारको काम गर्न प्रेरित गर्ने छौँ ।
कार्यालय पुस देखि नै सञ्चालनमा आएको थियो तर वैशाखमा उद्घाटन गर्ने तयारी भए पनि कोभिडले पछि सरेको थियो । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले कारोबार शुभारम्भको उद्घाटन गर्नुहुने छ । सङ्घ धेरै वर्ष अघिदेखि सञ्चालनमा आए पनि अलिअलि सेयर मात्रै लिने गरेका थियौँ ।
स्थानीय तहसँग समन्वय गरी सहकारीलाई सेवा दिने छौँ । प्रदेश, स्थानीय तह र सहकारी विभागसँग सहकार्य गरी बहुउद्देश्यीय सहकारीलाई सेवा दिन तत्पर रहने छौँ । तरलता व्यवस्थापनको काम हुन्छ । तालिम, सूचनामा हाम्रो ध्यान जाने छ ।
विनियामावली तयार भइसकेको छ । तीन वर्षे रणनीति योजना तयारी गरेका छौँ । रणनीति मुताबिक व्यावसायिक योजना गर्न सघाउने छौँ । सहकारीलाई उत्पादनमा जोड्ने हाम्रो प्रयत्न हुने छ । काठमाडौँभर ६ सय बढी बहुउद्देश्यीय सहकारी छन् ।
यस वर्ष ७० प्रतिशत भन्दा बढी करिब ४ सय सहकारीलाई सदस्यलाई बनाउने छौँ । न्यूनतम ५ हजार बचत गर्ने व्यवस्था गरेका छौँ । शेयर ऐच्छिक गरिएको छ । संस्थामा समस्या आयो भने समन्वय गरेर तरलता व्यवस्थापन हुने छ ।
भण्डारण र बजारीकरण गर्ने छौँ
भोलिदेखि कारोबार शुभारम्भ गर्ने भएका छौँ । ३ वर्षे रणनीति तयार भएको छ । सङ्घको भिजन तयार भएको छ ।अब बहुउद्देश्यीय सङ्घ झोलामा राखेर हुँदैन । आर्थिक कारोबार गर्नुपर्छ भनेर अघि बढेका छौँ ।
सङ्घलाई व्यावसायिक बनाउनुपर्छ भनेर क्रियाशील भएका छौँ । सङ्घले बचत तथा ऋण मात्र नभई व्यावसायिक काम गर्ने योजना छ । आउँदो वर्षदेखि भण्डारणको काम पनि गर्ने छौँ ।
सदस्य सहकारीले उत्पादन गरेका उत्पादनको बजारीकरणका लागि भण्डारणको व्यवस्था गर्ने हाम्रो सोच छ । साना उद्यमबाट उत्पादित वस्तुको प्याकेजिङ गर्ने छौँ । ब्रान्ड र बजारीकरणमा हाम्रो विशेष ध्यान जाने छ ।
उत्पादन र बजारीकरणमा सदस्य सहकारीलाई हिँडाउन पनि हामीले नेतृत्व गर्ने हो । सहकारी उत्पादन र बजारीकरणमा जानै पर्छ । भोलि विधिवत् रूपमा कारोबार सुरु हुँदै छ । पहिला बचत तथा ऋणको खासै काम गरेका थिएनौँ ।
गत आर्थिक वर्ष २०७७/७८ मा १ करोड २५ लाखको कारोबार गरेका छौँ । त्यो भन्दा अघि ८ लाखको पनि कारोबार हुन सकेको थिएन । सङ्घको २२ लाखको सेयर पुँजी पुगेको छ । यो वर्ष साढे ७ करोड बन्नुपर्छ भनेर क्रियाशील भएका छौँ ।
तीन वर्षको कार्य योजना र बजेट तयार भइसकेकाले हामीले लक्ष्य पूरा गर्ने छौँ । कतिपय विभिन्न निकायसँग समन्वय गरेर काम गर्ने कार्यक्रम छन् । कतिपय आफैँ पनि कार्यक्रम गर्न सक्ने छौँ
पहिला सङ्घ नै सक्षम बनाउनुपर्यो । यसअघि बन्द कोठामा थियो । त्यति काम गर्न सकेका थिएनौँ । अब २÷४ जना कर्मचारी राखेर बचत तथा ऋणको कारोबार मात्र नभई व्यावसायिक क्षेत्रमा पनि काम गर्न सक्ने सक्षम भएका छौँ ।
सदस्य सहकारीको बजार व्यवस्थापन गर्ने छौँ । उद्देश्य अनुसारका काम गर्न ऐन, कानुन बाधा भए लबिङ गर्ने छौँ । सदस्यलाई तालिम दिने । सेमिनार गर्ने छौँ । संस्थाहरूमा गएर तालिम दिने, सहकारीको प्रयोजनमा सङ्घले विभिन्न किसिमका तालिम तथा अन्तरक्रिया गर्ने छौँ ।
दसौँ वर्ष नगरेको कारोबार र काममा छलाङ मार्छौ भन्ने होइन । तर रचनात्मक काम गर्ने योजना छ । सङ्घ यो वर्ष आत्मनिर्भर हुन्छ । अरू सदस्य संस्थालाई पनि व्यावसायिक तथा उत्पादनमुखी बनाउन हाम्रो प्रयत्न हुने छ ।
Leave a comment