काठमाडौं । यो वर्ष स्थानीय तहहरुले नाफा कमाउने उद्देश्यका सहकारीलाई २५ करोड ८० लाख बढी अनुदान वितरण गरेको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार कृषि, पशु, शैषिक सेवा सामान खरिद तथा विभिन्न सहकारी संस्थाहरुलाई विउ पूँजी तथा अनुदान उपलब्ध गराएका छन् ।
यो वर्ष १२८ स्थानीय तहहरुले नाफा कमाउने उद्देश्यले स्थापीत सहकारी संस्थाहरुलाई २५ करोड ८० लाख ३३ हजार अनुदान उपलब्ध गराएको उल्लेख छ।
प्रतिवेदनमा नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने योजन छनोट गरी संचालन गर्नुपर्नेमा नाफा कमाउने उद्देश्यका सहकारी संस्थालाई अनुदान उपलब्ध गराएको नियम संगत नदेखिएको उल्लेख गरेको छ ।
Leave a comment