काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।
प्रस्ताबित बैकले मध्य बानेश्वरमा रहेको सम्पर्क कार्यालयलाई ६ महिना पछि कारोबार सञ्चालन गर्नेगरी कार्यालय खोल्ने भएको छ । प्रस्ताबित बैकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेको आरोप लगाउदै सबैको साझा सहकारी बैंकको रुपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको जनाइएको छ ।
नेपाली काग्रेसका नेता ढुंगानाले अबको ६ महिनाभित्र बैक सञ्चालनमा आउने बताए । उनले पुजी र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी बैकको अपरिहार्य रहेको उल्लेख गरे।जहा प्रतिस्पर्धा हुन्छ त्यहा प्रगति हुन्छ, सोही आधारमा नेपाल सहकारी बैक दर्ता प्रकृया अघि बढेको हो ।
उनले भने, यो कुनै पार्टीको बैंक हैन, सहकारीमा अरु बैैकको पनि आवश्यकता महसुस गरेर हामीले सहयोग गर्न खोजेको हो । अन्य बैंकहरुले पनि आवश्यकता महसुस गरेर सहयोग माग्न आए हामीले गर्नु पर्छ । तर पार्टीको बैंक भनेर भन्न मिल्दैन, यो सहकारीको बैंक हुनु पर्छ ।
उनले एउटामात्र बैकले ३० हजार सहकारीलाई समेट्न नसकेपछि नेपाल सहकारी बैक स्थापना गर्न लागिएकोमा खुसी लागेको बताउदै त्यसको लागि आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग रहने उल्लेख गरे । उहाले प्रधनमन्त्री शेरबहादुर देउवाको समेत प्रस्ताबित सहकारी बैक स्थापनामा चासो व्यक्त गरेको बताए ।
प्रस्ताबित बैकका अध्यक्ष भण्डारीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथै नेपाल सहकारी बैंक सञ्चालनमा आउने बताए । लाइसन पाउनासाथ कारोबार शुरु गरिहाल्नेछौ ।
केही साथीले यो बैकलाई नेपाली काग्रेसको बैक भनेर हल्ला गर्दै हिडेका छन् । केहीले त बैक खोल्न दिनै हुदैन भन्ने गरेका छन । तर म भन्छु यो बैक कुनै पार्टी विशेषको नभै देशैभरका सहकारीहरुको सेवामा समर्पित बैक हो । यसलाई पार्टी विशेषको हो भन्न मिल्दैन ।
प्रतिस्पर्धात्मक मुलुकमा यही प्रकृतिका करिब ६ वटा बैक आवश्यक रहेको औल्याउदै त्यसको लागि सरकारले प्रकृया अघिबढाउन सहजीकरण गर्नुपर्ने बताए । उनले भने, अब यो बैक अघिबढिसकेको छ । आशयपत्र लिनासाथ देशैभर कारोबार अघि बढाउनेछौ ।
उनले राष्ट्रबैकले तोके अनुसारको सबै प्रकृया पुरा गरी अन्तिम चरणमा रहेको उल्लेख गर्दै अब ६ महिनाभित्र अनु्मतिपत्र पाएर बैक सञ्चालनमा आउने बताए ।
भण्डारीले राष्ट्र बैंक ऐनमा सहकारी बैंकसम्वन्धी व्यवस्था पनि थप हुनुपर्ने कुरामा जोड दिँदै सहकारी बैंक थपिँदा प्रतिस्पर्धा भई प्रारम्भिक सहकारी संस्थाहरूले राम्रो सेवा पाउने र ग्रामिण क्षेत्रमा पुँजीको विस्तार गर्न सहयोग पुग्ने बताए ।
तर राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरूले भने नेपाल राष्ट्र बैंकबाट विगत चार बर्षदेखि नयाँ बैंक वित्तीय संस्थालाई लाइसेन्स नदिएकाले नेपाल सहकारी बैंकलाई पनि दिन नमिल्ने, एउटा सहकारी बैंक हुँदाहुँदै किन अर्को बैंक चाहियो, भनेर कहि कतै अवरोध गर्ने गरेको बताए ।
साढे दुई अर्ब रुपियाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरुपमा विस्तार गरिने उनको भनाई थियो । यसअघि बैकले गएको माघ १७ गते प्रारम्भीक भेला आयोगना गरी बैक स्थापनाको प्रकया शुरु गरेको थियो ।
Leave a comment