काठमाडौं । संघिय सहकारी विभागले सहकारी संघ/संस्थाले गत वर्षको सूचनालाई आधारमानेर साधारण सभा गर्न सक्ने जनाएको छ । विभागले सहकारीकालागि १७ बुँदे मार्गदर्शन एवं निर्देशन जारी गरी निर्देशन गरेको छ ।
बुधबार उपरजिष्ट्रार चोमेन्द्र न्यौपानेले ०७७ असोज १ गते सहकारी विभागले जारी गरेको साधारण सभा सम्वन्धि निर्देशन अनुसार ०७७÷७८को साधारण सभा गर्न सक्ने जनाइएको छ ।
विभागले आर्थिक वर्ष २०७७/०७८ को असुली हुन बाँकी ब्याज रकमलाई साउन मसान्तभरी प्राप्त भएमा अघिल्लो वर्षको आम्दानी मानी लेखाङ्कन गर्न सकिने पनि जनाएको छ । यो बाध्यकारी भने नहुने र लेखाङ्कन गर्न चाहे बाधा नपर्ने सूचनामा जनाएको छ ।
त्यस्तै सहकारी संस्थाले गर्ने लगानी अधिकतम् उत्पादनमूलक, रोजगारी सृजना हुने र कृषि जन्य क्षेत्रहरुमा गर्न निर्देशन जारी गरेको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न अभौतिक (भर्चुअल) माध्यमबाट कार्यक्रम सञ्चालन गर्न सहकारी संघ÷संस्थालाई निर्देशन जारी गरेको छ ।
सहकारी संघ संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, तालिमजस्ता कार्यक्रमहरु सम्भव भएसम्म अभौतिक (भर्चुअल) माध्यमबाट गर्न निर्देशन जारी गरिएको हो ।
सरकार तथा विश्व स्वास्थ्य संगठनबाट जारी गरिएका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्णरुपमा परिपालना गरी सेवा प्रवाहमा पत्यक्ष संलग्न रहने जनशक्ति तथा सेवाग्राहीहरुलाई सक्रमणको जोखिम न्यूनिकरण गर्न उपाय अवलम्बन गर्ने लगायतका १७ बुँदे निर्देशन जारी गरेको हो ।
Leave a comment