काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सिभिल सहकारीको समस्या समाधान गर्न नसक्ने भए संघहरुको काम नभएको बताएका छन्। उनले संघहरुले बचतकर्ता रोयर हिडिरहेकोले त्यस्ता समस्या समाधान गर्न तर्फ संघहरुले भूमिका खेल्नुपर्ने बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को ३४ औं स्थापना दिवसको अवसमा आयोजिक कार्यक्रममा अर्थमन्त्री शर्माले सहकारीको लगानी उत्पादनमूलक क्षेत्रमा, गरिबी निवारण र राष्ट्र निमार्णमा हुनुपर्ने बताए ।
उनले ‘कम्तीमा ६० प्रतिशत लगानी उत्पादनमुलक क्षेत्रमा गर्नुहोस्’ गरिबी निवारणमा सहकारीको भूमिका हुनुपर्छ । यदी उत्पादनमुलक क्षेत्रमा लगानी गर्न नसक्ने सहकारीको काम छैन ।’
सहकारी व्यक्ती विशेषभन्दा पनि आम जनताको बीचमा हुनुपर्ने उनको भनाई थियो । सहकारीको पूँजी संचालकले अपचलन नगर्न भन्दै, घर, गाडीमा लगानी गर्न सहकारी नभएको उनको भनाइ छ । सहकारी उत्पादनमा जान भएका कानुनी अडचन फुकाउन तयार रहेको भन्दै, बोल्ने मात्र हैन गरेरै देखाउने बताए ।
Leave a comment