सम्झौता गरेको पाँच महिना वित्दा पनि सहकारीले बजार सञ्चालन गर्न सकेको छैन । सम्झौता लगतै नयाँ संरचना मर्मतका लागि भन्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग ४१ लाख बजेट माग गरेको थियो ।
चीना थापा, विराटनगर । मोरङको कटहरीमा निर्माण भएको तरकारी बजार निर्माण कार्य सकिएको साँढे दुई बर्ष हुँदा पनि सञ्चालनमा आउन सकेको छैन । २०७५ चैत ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बजारको उद्घघाटन गरेका थिए ।
विराटनगरको गुद्री बजारलाई स्थानान्तरण गरी व्यवस्थित गर्ने उद्देश्यले संघीय सरकार अन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले तरकारी बजार निर्माण गरेको थियो ।
निर्माण सम्पन्न पश्चात संघिय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । तर प्रदेश सरकारले लामो समयसम्म पनि तरकारी तथा फलफूल बजार संञ्चालन गर्न नसकेपछि अहिले विशिष्टीकृत सहकारी सङ्घलाई जिम्मा दिएको छ ।
३ सय ५१ स्क्वायर मिटरमा रिटेल बजार निर्माण गरिएको छ । किसानका लागि एक सय ३८ स्क्वायर मिटरमा खुद्रा पसल राख्ने व्यवस्था मिलाइएको छ । बजारको क्षमता दैनिक ४४ हजार नौ सय ६६ मेट्रिकटन तरकारी र आठ हजार ७ सय ३ मेट्रिकटन फलफूल बिक्री गर्न सकिने छ ।
गत फागुनमा एक वर्ष भाडा नतिर्ने गरी पाँच वर्षका लागि ठेक्का पाएको विशिष्टकृत सहकारी सङ्घले पनि बजार सञ्चालन गर्न सकेको छैन । संघ गत असार १ गते मात्र सहकारी रजिष्ट्रार कार्यालय इटहरीमा दर्ता भएर सञ्चालनमा आएको हो ।
बजार सञ्चालन नहुँदा अहिले निर्माण भएको बजारको संरचना खण्डहर बन्दै गएको छ । जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ बिगाह २ कठ्ठा २ धुर र १८ कठ्ठा ऐलानी जग्गामा निर्माण भएको बजारको भवन प्रयोग विहीन बनेको छ ।
प्रदेश १ सरकारले कटहरी फलफूल तथा तरकारी बजार नियमावली २०७७ निर्माण गरेर विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी सङ्घलाई जिम्मा दिएको हो ।
सम्झौता गरेको पाँच महिना वित्दा पनि सहकारीले बजार सञ्चालन गर्न सकेको छैन । सम्झौता लगतै नयाँ संरचना मर्मतका लागि भन्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग ४१ लाख बजेट माग गरेको थियो ।
सञ्चालक समितिमा रहेका मन्त्रालयका प्रतिनिधिले हस्ताक्षर गर्न नमानेपछि बजेट विनियोजन भएन । सहकारीले पानी पर्दा बाछिटा भित्र पस्ने भन्दै मर्मतका लागि बजेट माग गरिएको सहकारीले जनाएको छ ।
नियमावली अनुसार बजार सञ्चालनका लागि कटहरी फलफूल तथा तरकारी थोक बजार विकास समिति गठन गरिएको छ। समिति संयोजक प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय प्रमुख बलराम निरौलाले सहकारीले बजार सञ्चालन गर्न पहल गरिरहेको बताएका छन्।
प्रदेश सरकारले निजीसँग सहकार्य गरेर चलाउने प्रयास पनि गरेको थियो । तर त्यो पनि नसकेपछि सहकारीसँग सहकार्य गरेर जाने भनेर अघि बढेको थियो ।
त्यही अनुसार प्रदेश सरकारले फलफूल तथा तरकारी थोक बजार नियमावली निर्माण गरेर विशिष्टकृत सहकारी मार्फत चलाउने भनेर सघ दर्ता गरी काम अगाडि बढाईएको संयोजक निरौलाले बताए ।
बजार सञ्चालनको लागि आवेदन माग भएको र एउटा मात्र विशिष्टकृत सहकारी संघको आवेदन परेकाले विराट विशिष्टकृत सहकारी संघलाई दिईएको उनको भनाई छ ।
सहकारी मार्फत सञ्चालन हुँदा सहकारीका शेयर सदस्य पनि कृषिमा आत्मनिर्भर हुने अवस्था सिर्जना हुने उनको भनाई छ। ‘सहकारीका शेयर सदस्यहरुले उत्पादन गरेको तरकारी तथा फलफूल सञ्चालित बजार ल्याएर आफै बेच्न पनि पाउँछन्’, उनले भने, ‘हैन म आफू बेच्दिन बजारलाई विक्री गर्छु भन्दा नी पाउछन् ।’
सहकारीका सदस्यले उत्पादन गरेका तरकारीले बजार पाउने बताउँदै निरौलाले उनीहरुलाई बजार पाउने, उत्पादन खेर नजाने अवस्था भएपछि उत्पादनगर्न आकर्षित हुने बताए ।
तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका लागि छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा एक हजार चार सय ८८ स्क्वायर मिटरको १७ वटा होलसेल पसल छन् ।
तर अहिले कोरोनाका कारण पनि बजार सञ्चालनमा समस्या आएको उनको भनाई छ । विराट विशिष्टकृत सहकारी संघका सचीव राकेश दाहालले सबै बजार बन्द भएको अवस्थामा कटहरी तरकारी तथा फलफूल बजार सञ्चालन गर्न नसकिने अवस्था रहेको बताए ।
विराटनगरमा अझै एक दुई ओटा तरकारी बजार आवश्यक रहेको अवस्थामा गुद्री बजार नै त्यहाँ लैजानुपर्ने अवस्था नरहेको बताए ।
नयाँ बजार सञ्चालन गर्न सुरुमा समस्या नै हुने अध्यक्ष दाहालको भनाई छ ।
नयाँ व्यापारिलाई त्यहाँ लैजान समय लाग्ने भएकाले बजार व्यवस्थित गर्न केही समय लाग्ने उनको तर्क छ । एउटा बजारलाई त्यहाँ सार्नु भन्दा अर्को बजार पनि विराटनगरको पूर्वी क्षेत्रलाई आवश्यक परेकाले नयाँ बजारको रुपमा स्थापित गर्न सहकारी लागि परेको उनले बताए ।
महामारी पछि व्यवस्थित रुपमा बजार सञ्चालनमा आउने पनि उनले जानकारी दिए । तरकारी बजारमा बैंकिङ सेवा, खानेपानी, विद्युतलगायत सबै किसिमका सुविधा उपलब्ध छन् ।
तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका लागि छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा एक हजार चार सय ८८ स्क्वायर मिटरको १७ वटा होलसेल पसल छन् ।
यस्तै ३ सय ५१ स्क्वायर मिटरमा रिटेल बजार निर्माण गरिएको छ । किसानका लागि एक सय ३८ स्क्वायर मिटरमा खुद्रा पसल राख्ने व्यवस्था मिलाइएको छ । बजारको क्षमता दैनिक ४४ हजार नौ सय ६६ मेट्रिकटन तरकारी र आठ हजार ७ सय ३ मेट्रिकटन फलफूल बिक्री गर्न सकिने छ ।
Leave a comment