सहकारीको ब्याज घटाउने तयारी

सहकारीको ब्याज घटाउने तयारी :: Sahakari Akhabar

काठमाडौं । सहकारीको ब्याजदर घट्ने भएको छ । सहकारी विभाग र सहकारी अभियानबीच बसेको बैठकले सहकारीको ब्याजदर घटाउनेबारे छलफल सुरु गरेको छ ।

सहकारीको ब्याजदर पुनरवलोकनका लागि सहकारी विभागका उपरजिष्ट्रार सुरेन्द्रराज पौडेलको संयोजकत्वमा सात जनाको ब्याजदर कार्यदल गठन भएको छ । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको बैठक बसी कार्यदल गठन भएको हो ।

राष्ट्र बैंक तथा सहकारी मन्त्रालयले गरेको अध्ययन, वाणिज्य बैंकहरुको औसत ब्याजदरका आधारमा ब्याजदर तय हुन्छ । त्यस्तै सहकारी महासंघको सुझाव, नेफ्स्कून आबद्ध संघ तथा संस्थाको औसत ब्याजदर, सहकारी बैंकको औसत ब्याजदरका आधारमा पनि ब्याजदर निर्धारण हुन्छ ।

सहकारीमा १४.७५ प्रतिशत ब्याजदर कायम छ । विभागको सक्रियतामा पहिलोपटक ०७६ साउन १९ गतेदेखि कर्जामा १६ प्रतिशत ब्याजदर कायम गरेको थियो । पछि यो ब्याजदर पुनरावलोकन भएर १४.७५ प्रतिशत कायम गरिएको छ ।



Leave a comment