सिन्धुपाल्चोक । सहकारीको उर्वर भूमि मानिने काभ्रेपलान्चोक र दोलखाको बिचमा पर्ने सिन्धुपाल्चोकको सहकारी अभियान निष्क्रिय छ । यहाँ गठन भएका ६ वटा सङ्घमध्ये ५ वटा सङ्घ निष्क्रिय छन् ।
सिन्धुपाल्चोकका जिल्ला सहकारी सङ्घहरू, बचत तथा ऋण सहकारी सङ्घ, बहुउद्देश्यीय जिल्ला सहकारी सङ्घ, दुग्ध उत्पादक जिल्ला सहकारी सङ्घ र कृषि जिल्ला सहकारी सङ्घ निष्क्रिय छन् । स्थापना भएका आधा दर्जन सङ्घमध्ये कफी जिल्ला सहकारी सङ्घ मात्रै सक्रिय छ । जिल्ला तथा विषयगत सङ्घ निष्क्रिय हुँदा जिल्लाको सहकारी अभियान फस्टाउन सकेको छैन ।
जिल्लामा ६ सय सहकारी छन् । त्यसमध्ये जिल्ला सङ्घले ६० वटालाई मात्र समेट्न सकेको थियो । सङ्घको दोस्रो कार्यकाल आएदेखि पूर्ण रुपमा निष्क्रिय रहेको प्रारम्भीक सहकारी बताउँछन् । त्यसो त सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहले समेत सहकारी बेवास्ता गर्दै आएका छन् ।
सहकारी डेस्क समेत स्थापना गरिएको छैन । सहकारीका कर्मचारी समेत नहुँदा सहकारी अलपत्र परेका छन् । केही नगरपालिकाले भने सहकारीसँग साझेदारी गरी विकास निर्माणका कामसमेत अघि बढाएको सहकारीहरू नै बताउँछन् ।
महासङ्घका बाग्मती प्रदेश संयोजक समेत रहेका सञ्चालक बस्नेतले महासङ्घको पत्रसमेत अध्यक्षले बेवास्ता गरेकाले कानुनी रुपमै बाग्मती सहकारी मन्त्रालयमार्फत साधारण सभा गराउन आदेश गराएर भए पनि सङ्घ ब्युँताइने बताए ।
बेलेफी गाउँपालिका लगायत केही स्थानीय तहले सहकारी डेस्क स्थापना नगरेका कारण सहकारी अलपत्र परेका छन् । बलेफी गाउँपालिका स्थित लामो साँघु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पूर्णचन्द्र ढकाल सहकारीको अभिभावक नहुँदा समस्या भएको बताउँछन् ।
‘न त जिल्ला तथा विषयगत सङ्घ सक्रिय छन्, न त स्थानीय तहले नै सहकारीलाई वास्ता गर्न सकेको छ ।’ सहकारी अभिभावक विहीन हुँदा सामान्य समस्या हुँदा पनि दुःख पाइने गरेको उनले बताए । सिन्धुपाल्चोक जिल्ला सहकारी सङ्घ ९ वर्षदेखि क्रियाशील छैन ।
२०७२ सालको महाभूकम्प पछि त सङ्घको बैठकसमेत बस्न सकेको छैन । कर्मचारी समेत छैनन् भने लामो समयदेखि कार्यालय समेत राखिएको छैन । जिल्ला सङ्घका कागजात समेत अलपत्र अवस्थामा अर्कै सहकारीको कार्यालयमा राखिएको सहकारीकर्मीको गुनासो छ ।
२०६८ देखि जिल्ला सङ्घ साधारणसभा हुन सकेको छैन । सङ्घका नेतृत्वले साधारण सभा गराएर सङ्घ चलायमान गराउन सकेका छैनन् । नेतृत्वको अरुचिका कारण सङ्घ सक्रिय बनाउन नसकेको जिल्ला सङ्घका पदाधिकारी बताउँछन् ।
राष्ट्रिय सहकारी महासङ्घले केही समयअघि बाग्मती प्रदेशका जिल्ला सहकारी सङ्घहरूको अध्ययन गरेको थियो । सिन्धुपाल्लोचक सहित सिन्धुली जिल्ला सङ्घ निष्क्रिय रहेको पाइएकोमा पछिल्लो समयमा सिन्धुली जिल्ला सङ्घ साधारण सभा भएर सक्रिय भइसकेको छ ।
सिन्धुपाल्चोक जिल्ला सङ्घ सक्रिय बनाउन महासङ्घबाट सञ्चालक डीबि बस्नेतसहितको नेतृत्वले अध्ययन गर्दा पनि जिल्ला सङ्घ सिन्धुपाल्चोकको नेतृत्वले रेस्पोन्स गरेनन् । ‘हामीले जिल्ला सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष कृष्णभक्त नेपाललाई सिन्धुपाल्चोक, काठमाडौँ र हेटौडामा बोलाउँदा समेत भेट्न मान्नुभएन ’ उनले भने ।
सङ्घका पदाधिकारी सम्पर्कमा आउन नचाहने, कार्यक्रममा बोलाउँदा पनि नआउने, साधारण सभा पनि नगरेको, निर्वाचनका कार्यक्रम पनि नगरेका कारण जिल्ला सङ्घ पूर्णतया निष्क्रिय रहेको महासङ्घका सञ्चालक बस्नेत बताउँछन् ।
जिल्ला सङ्घका अध्यक्ष कृष्णभक्त नेपाल सङ्घ खासै तीव्र गतिमा अघि नबढेको बताउँछन् । सङ्घको गतिविधि अघि बढाउनुपर्छ सोच भएको बताए पनि यस विषयमा अध्यक्ष नेपालले थप बोल्न चाहेनन् । उपाध्यक्ष चक्र बस्नेत, सचिव नवराज सुवेदीलगायतले सङ्घको नेतृत्वको अरुचिका कारण सङ्घका गतिविधि ठप्प भएको बताए ।
जिल्ला समन्वय समितिमार्फत जिल्लाभरिका सबै सहकारीलाई बोलाएर भेला डाक्ने तयारी भए पनि कोभिडका कारण वैशाखमा तय भएको भेला रोकिएको थियो । वैशाखको तेस्रो हप्ता भेला तय भए पनि वैशाख १६ गतेदेखि कोभिडबाट बच्न सरकारले निषेधाज्ञा जारी गरेपछि भेला रोकिएको थियो ।
पछिल्लो समयमा कोभिड सहज भए पनि भेलाबारे कसैको चासो पुगेको छैन । जिल्ला सङ्घको साधारण सभा तय गर्न महासङ्घले अध्यक्षलाई चिठी दिएको छ । तर जिल्ला सङ्घका अध्यक्ष कृष्णभक्त नेपालले महासङ्घको चिठी समेत बेबस्ता गर्दै आएका छन् ।
महासङ्घका बाग्मती प्रदेश संयोजक समेत रहेका सञ्चालक बस्नेतले महासङ्घको पत्रसमेत अध्यक्षले बेवास्ता गरेकाले कानुनी रुपमै बाग्मती सहकारी मन्त्रालयमार्फत साधारण सभा गराउन आदेश गराएर भए पनि सङ्घ ब्युँताइने बताए ।
जिल्ला सङ्घका अध्यक्ष कृष्णभक्त नेपाल सङ्घ खासै तीव्र गतिमा अघि नबढेको बताउँछन् । सङ्घको गतिविधि अघि बढाउनुपर्छ सोच भएको बताए पनि यस विषयमा अध्यक्ष नेपालले थप बोल्न चाहेनन् । उपाध्यक्ष चक्र बस्नेत, सचिव नवराज सुवेदीलगायतले सङ्घको नेतृत्वको अरुचिका कारण सङ्घका गतिविधि ठप्प भएको बताए ।
श्री तपाई हाम्रो नमुना साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष शेरबहादुर रायले जिल्ला सङ्घसहित ५ वटा सङ्घहरू निष्क्रिय हुँदा प्रारम्भिक सहकारीहरू अभिभावकविहीन भएको बताउँछन् । सङ्घ निष्क्रिय भएमा सहकारीको वितृ विकास रोकिनुका साथै अभिभावकविहीन हुँदा धेरै समस्या परेको बताउँछन् ।
आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बिपी प्याकुरेलले अभिभावक सङ्घहरू निष्क्रिय हुँदा सिन्धुपाल्चोकको सहकारी अभियान नै ओझेलमा परेको बताए ।
Leave a comment