भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने विषयको पनि जानकारी गराईएको थियो । नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको प्रधानमन्त्री देउवाले बताएको सहभागी एक सदस्यले बताए ।
काठमाडौं । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिएको छ ।
विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई शुभकामना तथा बधाइ दिइएको हो । विभागको तर्फबाट प्रधानमन्त्री देउवालाई शुभकामना सम्बन्धी पत्र समेत प्रदान गरिएको थियो।
प्रधानमन्त्री देउवालाई विभागको तर्फबाट हालसम्म भए गरेका कामकाबारहीको संक्षित जानकारी सहित कार्यप्रगतिको जानकारी गराएको विभागका सचिव सुरेन्द्र भण्डारीले बताए ।
भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने विषयको पनि जानकारी गराईएको थियो । नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको प्रधानमन्त्री देउवाले बताएको सहभागी एक सदस्यले बताए ।
विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।
विभागका प्रमुख एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, डा. ज्ञानेन्द्र पौडेल, शरद महर्जनसहित १४ जनाको टिम प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए ।
Leave a comment