महाप्रभु साकोस प्रकरण : कसरी खुल्यो घोटाला रहस्य ?

महाप्रभु साकोस प्रकरण : कसरी खुल्यो घोटाला रहस्य ? :: Sahakari Akhabar

काठमाडौं । दाङको समस्याग्रस्त महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको ५ करोड २७ लाख घोटालाको रहस्य मर्ज भएको लामो समयसम्म पनि खुल्न सकेन । चारवटा सहकारी मर्ज भइ देउखुरी बचत तथा ऋण सहकारी संस्था बन्दासम्म महाप्रभुको घोटाला काण्ड बाहिर आउन सकेको थिएन ।

महाप्रभुको वित्तीय विवरण सफ्टवेयर कम्पनीले ताल्चा लगाएर राखिरहेको थियो । पुसमा मर्ज भई एकीकृत कारोबार भइसक्दासम्म पनि त्यसको घोटाला काण्ड बाहिर आउन सकेको थिएन । एकीकृत पछि बनेको सञ्चालक समितिले जोरजुलुम गरेर सफ्टवेयरबाट विवरण प्राप्त गरेपछि हिसाव नमिलेपछि महाप्रभुलाई शंकाको घेरामा राख्यो ।

देउखुरी सहकारीका व्यवस्थापक उमेश चौधरीले महाप्रभुको वासलात विवरणमा आशंका देखिएपछि सञ्चालक समितिले चलाखी अपनायो । क्रेडिट र डेबिटको हिसाब नमिलेपछि सञ्चालक समितिले नै दाङ देउखुरी जिल्ला अदालतमा मुद्धा दर्ता गर्यो ।

देउखुरी सहकारीका अध्यक्ष शिव ध्वज मल्ल, उपाध्यक्ष जीवराम शर्मा र सचिव भवानीप्रसाद भुसालले चैत्र १७ गते अदालतमा उजुरी दर्ता गराए । डिडिए गर्दा पनि त्यस्तो केही नभेटिएपछि मर्ज गरिएको व्यवस्थापक चौधरी बताउँछन् ।

‘सदस्यको पैसा हो, फिर्ता नगरी यो मुद्धा सल्टिदैन’ उनले भने । चार सहकारी एकीकरण भएपनि महाप्रभुको समस्या आएपछि छुट्टै कार्यालय राखेर हिसाब मिलाउने प्रयत्न भइरहेको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनालाई अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । चार जना थुनामा छन् भने एक जना थुनामुक्त भइसकेका छन् । 



Leave a comment