काठमाडौं । सरकारले राष्ट्रिय सहकारी विकास बोर्डका लागि बजेट विनियोजन नगरेपछि बोर्डमा खैलाबैला मच्चिएको छ । बोर्ड स्पष्टरुपमा खारेज हुने की नहुने अन्यौल भएपनि खैलाबैला मच्चिएको हो । यद्यपि, सरकारले दिएको रकम जत्ति बोर्डले आन्तरिक स्रोतबाट उठाउने गर्दथ्यो । तर बोर्डको सम्पत्ति प्रशस्त भएपनि उपयोग हुन सकेको छैन ।
बोर्डका उपनिर्देेशक अनिलराज पौडेलले खारेज गर्ने कि नयाँ संरचनामा जाने भन्ने विषयमा छलफल भइरहेको बताए । बोर्डबाट ठोस उपलब्धि नभएको भन्दै सरकारले खारेज गर्ने योजनाका साथ बजेट विनियोजन नगरेको मन्त्रालय स्रोतको भनाइ छ । मन्त्रालय स्थापना भएपछि बोर्डका कार्यक्रम प्रभावकारी हुन सकेका थिएनन् ।
सरकारले बोर्ड लक्षित गरी बजेट विनियोजन नगरेपछि खारेज हुने निश्चित देखिएपनि बोर्ड जोगाउन या नयाँ संरचनामा स्थानान्तरण गर्न लबिङ गर्दै आएका छन् ।उपनिर्देशक पौडेलले बजेट विनियोजन नगरेपछि नयाँ संरचनाका लागि अर्थ मन्त्रालयमा राय लेखि पठाएको बताए । ‘नयाँ संरचनामा जान लेखिपठाएका छौं’ उनले भने’, तर कुनै प्रतिक्रिया आएको छैन ।’
बोर्डका सअहध्यक्ष र सदस्य सचिव राजनीतिकरुपमा नियुक्त हुने प्रावधान छ । बोर्ड खारेज हुने भएसँगै अहिलेका सहअध्यक्ष दक्ष पौडेल बोर्डको अन्तिम सहअध्यक्ष हुने भएका छन् । २०४९ सालमा दीपकप्रकाश बास्कोटो अध्यक्ष भएर बोर्ड स्थापना भएको हो ।
त्यसपछि विभागीय मन्त्री अध्यक्ष र राजनीतिक नियुक्तीका आधारमा ४ वर्षका लागि सहअध्यक्ष नियुक्ती हुँदै आएका थियो । बोर्डका सहअध्यक्ष पौडेलले त्यसै विषयमा छलफल चलिरहेको बताए ।
सहकारी प्राधिकरण, आयोग, प्रतिष्ठान या कुनै नाममा निकाय स्थापना गर्न यसअघि नै बहस चलेको थियो । तर कार्यान्वयन हुन सकेको थिए । सार्वजनिक खर्च कटौती सम्बन्धी एक समितिले बोर्ड खारेज गर्न सुझाव दिए पनि बोर्ड खारेज गरिएको थिएन ।
तर सरकारले बजेटमा कुनै विषय उल्लेख नगरी बजेट नछुटएकाले बोर्डका पदाधिकारी जोगाउन लबिङ गर्दै आएका छन् । बोर्डले वार्षिक १२ करोड रकम खर्च गर्दै आएको थियो । त्यसमध्ये ६ करोड सरकारले छुट्याउने गर्दथ्यो भने ६ करोड आन्तरिक स्रोतबाट परिचालन हुन्थ्यो ।
तर उक्त बजेट तलव भत्तामै खर्च हुँदै आएको थियो । बार्डले यस वर्ष ५ करोड बजेट माग गरेपनि ४० लाख मात्रै छुट्याइएको छ । बोर्डको वार्षिक बजेट १२ करोडमध्ये ९० प्रतिशत तलब–भत्तामा खर्च हुने गरेको छ । अध्ययन, अनुसन्धानका काममा बोर्ड सक्रिय हुनुपर्ने भएपनि त्यसो गरेको पाइदैँन ।
Leave a comment