हाइलाइट

बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार

बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार :: Sahakari Akhabar

७ प्रदेशका सहकारी संघ/संस्था पुरस्कृत 

काठमाडाै । नेपालको सहकारी अभियानको अग्रणी व्यक्तित्व दिपक प्रकाश बाँस्कोटालाई राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मान गरेको छ । 

महासंघले प्रत्येक बर्ष राष्ट्रिय सहकारी दिवसको अवसर पुरस्कारको घोषणा गर्दछ भने अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार वितरण गर्ने गर्दछ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले नगद पचास हजार सहित उनलाई पुरस्कृत गरे ।

सहकारी अभियानलाई जग बसाल्न र सहकारी ऐन–२०४८ र नियमावली निर्माणमा उनलेको भूमिका थियो । बाँस्कोटा पूर्व गृह राज्यमन्त्री, राष्ट्रिय सहकारी विकास बोर्डका प्रथम अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष हुन् ।

त्यस्तै उत्कृष्ट सहकारी पुरस्कार २०७७ बाट जिल्ला सहकारी संघ लि. चितवन पुरस्कृत भएको छ । यो पुरस्कार सहकारी संघहरुमध्येबाट एउटा दिने गरिन्छ । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७७ बाट ७ वटै प्रदेशबाट एक÷एक वटा उत्कृष्ट सहकारी संस्थाहरुलाई पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुने सहकारी संस्थाहरुमा प्रदेश नं.१ बाट कामधेनु दुग्ध विकास सहकारी संस्था सुनसरी पुरस्कृत भयो । प्रदेश नं.२ बाट त्रियुगा सहकारी संस्था लि फत्तेपुर सप्तरी, बागमती प्रदेशबाट महिला साना किसान कृषि सहकारी संस्था लि. धादिङ्ग पुरस्कृत भयो ।

गण्डकी प्रदेशबाट दुम्सी दुग्ध उत्पादक सहकारी संस्था तनहुँ, लुम्बिनी प्रदेशबाट हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. र कर्णाली प्रदेशबाट दलित महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था मुगु पुरस्कृत भएका छन् ।

यसैगरी यस वर्षको ‘उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०७७’ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुरकी व्यवस्थापक सुमित्रा कुमारी वाइबा पुरस्कृत भएकी छिन् ।



Leave a comment