सन् १९२३ देखि प्रत्येक जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको थियो । संयुक्त राष्ट्र संघीय महासभाले सन् १९९२ मा आइसीए स्थापनाको १ सय वर्ष पुगेको उपलक्ष्यमा सन् १९९५ देखि मनाउने गरी सोही दिनलाई आइसीए डे घोषणा गरेको थियो । जसअनुसार यो वर्ष जुलाई ३ अर्थात् असार १९ गते (आज) २७ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस परेको हो ।
‘मिलेर पुनर्उत्थान गरौं’
काठमाडौं । आज ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइदैछ । हरेक वर्ष जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय विविध कार्यक्रम गरी मनाइन्छ । तर यस वर्ष कोभिडका कारण तामझाम र भौतिक कार्यक्रम हुन पाएनन् । गत वर्ष पनि कोभिडकै कारण औपचारिक कार्यक्रम हुन पाएन ।
आज ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका साथै २७ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । दिवसका अवसरमा रक्तदान लगायतका केही कार्यक्रम भौतिक रुपमा भएका छन् । राष्ट्रिय सहकारी महासंघले भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्दैछ। विश्वका अधिकांश मुलुकहरुले भर्चुअल मार्फत कार्यक्रम गरेर दिवस मनाउँदै छन् ।
सन् १९२३ देखि प्रत्येक जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको थियो । संयुक्त राष्ट्र संघीय महासभाले सन् १९९२ मा आइसीए स्थापनाको १ सय वर्ष पुगेको उपलक्ष्यमा सन् १९९५ देखि मनाउने गरी सोही दिनलाई आइसीए डे घोषणा गरेको थियो । जसअनुसार यो वर्ष जुलाई ३ अर्थात् असार १९ गते (आज) २७ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस परेको हो ।
आइसीएको स्थापना सन् १८९५ को अगष्ट १९ मा बेलायतको लन्डनमा सम्पन्न १३ मुलुकका सहकारीकर्मीहरु सम्मिलित पहिलो सहकारी सम्मेलन (कोअपरेटिभ कंग्रेस) ले गरेको थियो ।
यस वर्षको आइसीए डे को नारा ‘मिलेर पुनर्उत्थान गरौं’ तय गरिएको छ ।
सन् १९९५ देखि आइसीए र संयुक्त राष्ट्र संघ अन्तर्गतको कोप्याकले संयुक्त रुपमा आइसीएको थिम तय गर्दै आएका छन् । विश्वभर सहकारीताको प्रचार प्रसार गर्ने, यसको महत्व उजागर गर्ने र सरकारलाई सहकारी मुद्दाका विषयमा सचेत गराउने अभिप्रायले अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।
आइसीएले सहकारी प्रवर्धन र विकास समिति (कोप्याक) सँगको समन्वयमा ऋययउभचबतष्खभक ायच ब दभततभच चभअयखभचथ विषयमा हिजो भर्चुअल वेबिनार सञ्चालन गरेको थियो ।
आइसीएले यस वर्ष पनि कोभिड महामारीका कारण सहकारी अर्थतन्त्रमा परेको सर्वपक्षीय असरलाई सुहाउँदो गरी रिबिल्ड ब्याक बेटर अर्थात मिलेर पुनर्उत्थान गरौं भन्ने नारा तय गरेको छ । आइसीएले अबको पुनर्निर्माण सदस्य र वातावरण मैत्री बनाउने तर्फ विश्वका सहकारीहरुको ध्यान जानुपर्दछ भन्नेमा जोड दिएको छ ।
विश्वको १२ प्रतिशत जनसंख्या सहकारीमा आबद्ध छ । विश्व सहकारी अभियानसँग हाल कायम ३० लाख सहकारीमार्फत १ अर्ब भन्दा बढी सदस्यहरु प्रत्यक्ष जोडिएका छन् भने २८ करोडले प्रत्यक्ष रोजगारी पाएका छन् ।
विश्वका ३ सय ठूला सहकारीहरुले २.१ ट्रिलयन अमेरिकी डलरको कारोबार गर्दछन् । विश्वका हालसम्मका ठूला २ विश्व युद्धहरुको सामना गर्ने निकै कम संस्थाहरुमध्ये सम्भवतः सबैभन्दा सबल संस्था आइसीए हो ।
९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवस (कोअप्स् डे) तथा २७ औ संयुक्त राष्ट्र संघीय सहकारी दिवसको उपलक्ष्यमा भिडियो शुभकामनामार्फत आइसीए अध्यक्ष ग्वार्कोले ‘सहकारीको बिशिष्ट मूल्य, मान्यता र सिद्धान्तमा आधारित सहकारी पहिचानले जनताका इच्छा चाहनाको सम्बोधनको माग जुनसुकै समयमा गर्दछन’ भनेका छन् ।
आइसीएले यस वर्ष पनि कोभिड महामारीका कारण सहकारी अर्थतन्त्रमा परेको सर्वपक्षीय असरलाई सुहाउँदो गरी रिबिल्ड ब्याक बेटर अर्थात मिलेर पुनर्उत्थान गरौं भन्ने नारा तय गरेको छ । आइसीएले अबको पुनर्निर्माण सदस्य र वातावरण मैत्री बनाउने तर्फ विश्वका सहकारीहरुको ध्यान जानुपर्दछ भन्नेमा जोड दिएको छ ।
यसै वर्षको अन्त्यसममा आइसीएले विश्वका सहकारीहरुको अवस्था, कारोबार, योगदान आदि उल्लेख गरिने वल्ड कोअपरेटिभ मनिटरको १० औं संस्करण पनि प्रकाशन गर्दैछ ।अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्कोले कोभिडले सामाजिक, आर्थिकसँगै मानवीय स्वास्थ्यमा गम्भीर संकट परेको भन्दै यसबाट मुक्ति पाउन सहकार्यको विकल्प नभएको बताएका छन् ।
९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवस (कोअप्स् डे) तथा २७ औ संयुक्त राष्ट्र संघीय सहकारी दिवसको उपलक्ष्यमा भिडियो शुभकामनामार्फत आइसीए अध्यक्ष ग्वार्कोले ‘सहकारीको बिशिष्ट मूल्य, मान्यता र सिद्धान्तमा आधारित सहकारी पहिचानले जनताका इच्छा चाहनाको सम्बोधनको माग जुनसुकै समयमा गर्दछन’ भनेका छन् ।
संकटको समयमा सहकारीको यो फरक पहिचानको जगमा नै समुदायको पुननिर्माण सम्भव हुने अध्यक्ष ग्वार्कोले दाबी गरे । सन् १८९५ मा लन्डनमा गठन भएको आइसीएको मुख्यालय हाल बेल्जियमको राजधानी ब्रसेल्समा छ ।
Leave a comment