- खाद्यलगायतका उद्योग सञ्चालन
- मोरङको ग्रामथान गाउँपालिका मिलन चोकमा सञ्चालित उद्योग २५ करोड लगानीमा निर्माण भएको हो । त्यसै गरी संस्थाले झापाको गौरादहमा तुलसी राईस प्लान्ट सञ्चालन गरेको छ ।
चीना थापा, विराटनगर । विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारीले कृषि अनुसन्धान केन्द्र सञ्चलन गर्ने भएको छ ।
संस्थाले १ अर्ब बढी लगानीमा अनुसन्धान केन्द्र सञ्चालन गर्ने भएको हो । संस्थाले उदयपुरको खाबोमा तुलसी अनुसन्धान केन्द्र स्थापना गर्नको लागि २ हजार राेपनी जग्गा समेत लिई सकेको छ ।
१ अर्ब ५० लाख लगानीमा सञ्चालन हुन लागेको अनुसन्धान केन्द्रमा उन्नत जातका पशुपालन देखि माछा पालन, अदुवा, कफीलगायत कृषिजन्य बस्तुको उत्पादन गरिने संस्थाका मुख्य प्रबन्धक मन्दीप खवासले बताए ।
साथै संस्थाले उद्योग, राईस प्लान्ट, चिउरा उद्योग तथा गार्डेन मार्ट समेत सञ्चालन गरेको छ । संस्थाले तुलसी पम्प उद्योग सञ्चालन गरेर पानी तान्ने पम्प बजारमा ल्याएको छ ।
मोरङको ग्रामथान गाउँपालिका मिलन चोकमा सञ्चालित उद्योग २५ करोड लगानीमा निर्माण भएको हो । त्यसै गरी संस्थाले झापाको गौरादहमा तुलसी राईस प्लान्ट सञ्चालन गरेको छ ।
चिउरा र भुजा उद्योग पनि सञ्चालनको अन्तिम तयारीमा रहेको खवासले बताए । सहकारीले उद्योग सञ्चालनको लागि ३ विगाह जग्गा लिई सकेको छ । उद्योग संगसँगै जग्गामा धान, मकै लगायत खाद्यान्न वाली उत्पादन गर्ने तयारी भएको उनले भने ।
जग्गा सहित उद्योग सञ्चालनको लागि ५५ करोड लगानी भइसकेको सहकारीले जनाएको छ । अझै लगानी बढ्न सक्ने अनुमान सहकारीको छ ।
विराटनगरमा केन्द्रीय कार्यालय रहेको संस्थाको दमक, धरान, खाँदबारी, गाईघाट, लाहान, जनकपुर, गोलबजार र धनकुटाको हिलेमा गरी ८ वटा सेवा केन्द्र छन् । गाईघाट र दमकमा उद्योगको शाखा नै सञ्चालनमा ल्याई सकेको छ ।
सहकारी मार्फत अहिलेसम्म ८५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अझै धेरैलाई रोजगारीको सिर्जना गर्ने सहकारीको लक्ष्य छ । सहकारीले सदस्यको सुविधाको लागि प्रविधिको प्रयोगलाई प्राथमिकताका साथ अघि बढाएको छ ।
सहकारीले झापाको दमकमा र उदयपुरको गाईघाटमा गार्डेन मार्ट सञ्चालन गरेको छ । जहाँ ६६ करोड लगानी छ । सहकारीले सेवा केन्द्र सञ्चालन भएका स्थानीय तहमा सहकारी संस्था नै स्थापन गर्ने तयारी गरिरहेको छ ।
सहकारीको सेवा केन्द्र सञ्चालनमा रहेका सबै ठाउँमा गार्डेन मार्ट सञ्चालन गर्ने तयारी रहेको उनले बताए । सहकारीले गेडागुडी, दाल जस्ता खाद्य सामाग्रीहरू बजारमा ल्याई सकेको छ । घ्यु, दूध, चामल, चिउरा, दलहन, तेलहन जस्ता खाद्य सामानहरू पनि सहकारीले उत्पादन गरिरहेको छ ।
सहकारी मार्फत अहिलेसम्म ८५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अझै धेरैलाई रोजगारीको सिर्जना गर्ने सहकारीको लक्ष्य छ । सहकारीले सदस्यको सुविधाको लागि प्रविधिको प्रयोगलाई प्राथमिकताका साथ अघि बढाएको छ ।
मोबाइल बैङ्किङ सेवा सञ्चालन गरेको छ । शेयर सदस्यले मोबाइल बैङ्किङ सेवा लिएका छन् । ट्याबबाट सफ्टवयर प्रयोग गरी बचत सङ्कलन गर्ने गरेको छ । जसले गर्दा सदस्यले आफ्नो रकम त्यही हेर्न पाउने व्यवस्था पनि गरेको छ ।
Leave a comment