सहकारीमा कोभिड नियन्त्रण अभियान :

सहकारीमा कोभिड नियन्त्रण अभियान : :: Sahakari Akhabar

काठमाडौँ । सहकारीकै सक्रियतामा झापामा एकका लागि एक अभियान सार्थक भएको छ । गत वर्ष कोभिडकै बेला उक्त अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानबाट अक्सिजन बैङ्क स्थापना गरिएको छ ।

उक्त अभियानमा जिल्ला सहकारी सङ्घ झापा, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था झापालगायत ५० प्रतिशत भन्दा बढी झापाका सहकारी सङ्घ संस्था तथा सहकारी क्षेत्रमा क्रियाशील सहकारीकर्मीको बाहुल्यता छ ।

१५ हजारले हिसाब गर्दा १ हजार १ सय ११ अक्सिजन सिलिन्डर किन्न पुग्ने पैसा सङ्कलन भएको छ । झापा त्यसै पनि सहकारीको उर्वर भूमि हो । झापामा सञ्चालित धेरैजसो सहकारी सफल छन् ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले गत वर्ष कोभिडको बेला सरकारले मनमोहन अस्पतालमा कोरोना उपचार गर्न स्वीकृति नदिए पछि समस्या भएको बताए । ‘तत्कालीन समयमा सरकारले नै दिएन,’ उनले भने, ‘सुरुमा आइसोलेसन मात्र राखेर काम भयो, अहिले अस्पताल आफैले कोभिडको उपचार गरिरहेको छ ।’

झापाका सहकारीले सदस्य हितका काम गरेको पाइन्छ । सदस्य केन्द्रित हुँदै सदस्यलाई उद्यमी बनाउन पहल थालेको देखिन्छ । यसले रोजगारी पनि क्रमश बिस्तार गर्दै छ । विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति कुनै न कुनै सहकारीमा संलग्न भएको पाइन्छ ।

झापामा १ अर्ब भन्दा बढीको कारोबार गर्ने सहकारी १० वटा छन् । नेपाल भरका सहकारीको तुलनामा झापामा सहकारी मार्फत सहकार्य भावना विकसित हुन थालेको छ ।

एकका लागि एक अभियानका संयोजक सहारा नेपाल बचत तथा ऋण सहकारीका सचिव महेन्द्रकुमार गिरी हुन् । उनको संयोजन र पहलमा जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकालले दरिलो साथ दिएका छन् ।

अघिल्लो पटक कोभिडको समयमा पनि सहकारीले संस्थागत रुपमै प्लाज्मा थेरापी, कोभिड परीक्षण प्रयोगशाला स्थापना गर्न सघाएका थिए । अभियानकै क्रममा सहकारीले उल्लेख्य चासो दिएर योगदान गरेका थिए ।

अभियानले खाद्यन्न लत्ता कपडालगायत अत्यावश्यक सामग्री पनि सहयोग गरेको थियो । अभियानबाट अहिले १ हजार १११ थान अक्सिजन सिलिन्डर किनिएको छ ।

अझै कोरोना जोखिम हटि नसकेकाले आवश्यकता अनुसार खर्च गर्ने अभियानको निचोड छ । संयोजक गिरी झापाका सहकारीले यस अभियानमा मन खोलेर सहयोग गरेको बताउँछन् ।

झापा जिल्लाका तर विदेश बस्नेहरूले पनि उक्त अभियानमा साथ दिएका छन् । झापाकै सहकारी, सहकारीमा जोडिएका व्यक्तिले व्यक्तिगत रूपमै उक्त अभियानमा साथ दिएका छन् ।

तर काठमाडौँ स्तरमा सहकारीको कोभिड नियन्त्रण अभियानले सार्थकता पाउन सकेन । राष्ट्रिय सहकारी महासङ्घकै अगुवाइमा गत वर्ष सहकारी दिवसका अवसरमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना गरिएको थियो ।

भक्तपुर जिल्लाका सहकारीले अक्सिजन बैङ्क स्थापनाका लागि रचनात्मक सहयोग गरेका छन् । भक्तपुर नगरपालिकामा अक्सिजन बैङ्क स्थापना गर्न करिब ५० लाख जुटाउने सहकारीले पहल थालेका थिए । त्यसको नजिक आर्थिक सङ्कलन भइसकेको बताइन्छ । त्यस्तै बाँकेले पनि अक्सिजन बैङ्क  स्थापना गरेको छ । कैलालीमा किसान बहुउद्देश्यीय, नवजीवन सहकारीले कोभिड नियन्त्रण गर्न राम्रै सहयोग गरेका छन् । अन्य जिल्लामा पनि सहकारीले कोभिड महामारीमा योगदान गरेका छन् ।

गत वर्ष सरकारले चैत्र ११ गतेदेखि देशभर लकडाउन गरेको थियो । चैत्र २० गते नै महासङ्घको पहलमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना गरिए पनि उक्त अभियान सफल हुन सकेन ।

काठमाडौँ, भक्तपुर, ललितपुरका सहकारीबाट २ करोडसम्म कोरोना नियन्त्रण केन्द्रलाई सहयोग गर्ने भनिएको थियो । तत्कालीन सहकारी मन्त्री पद्माकुमारी अर्यालको पहलमा महासङ्घले २५ लाख जुटाउन सके पनि थप रकम जुटाउन सकेन । जसले गर्दा कोरोना नियन्त्रण सहकारी केन्द्र नाम मात्रको भयो ।

नेपाल स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष राजेन्द्र पाण्डेले सहकारीले प्रतिबद्धता अनुसार सहयोग नगरे पनि मनमोहन अस्तपालामा कोभिडको उपचार भइरहेको बताउँछन् ।

सहकारीका कति आए भन्ने यकिन नभए पनि आए जति सबैले उपचार पाएको बताउँछन् । राजनीतिक कारणले उक्त अभियान सफल हुन नसकेको उनको निष्कर्ष छ ।

कोरोना नियन्त्रण केन्द्र स्थापनाका लागि कार्यदलको संयोजक बनेकी महासङ्घकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले कोरोना सेन्टर सफल बनाउन नसकिएको स्विकारिन । सुरुमा २५ लाख आर्थिक सहयोग गरिए पनि पछि महासङ्घको निर्णयबाट सेयर खरिद गरिएको बताउँछिन् ।

कोभिडको दोस्रो लहरका बेला अक्सिजन अभाव व्याप्त भयो । धेरै सहकारीले आफ्नो ढङ्गले सहयोग गरेका छन् । अघिल्लो पटक पनि सरकारलाई आर्थिक सहयोग गरेका थिए ।

अभियान सार्थक नभएपछि सहकारीको २५ लाख रुपैयाँ खेर गएको छ । कि उक्त केन्द्र स्थापना गर्ने प्रयास, पहल र ढाँचा नै मिलेको थिएन ? मल्ल केन्द्रमा उपत्यकाका जिल्ला सङ्घहरू तथा प्रारम्भिक सहकारीले सहयोग नगरेको बताउँछिन् ।

यस पटक पनि भक्तपुर जिल्लाका सहकारीले अक्सिजन बैङ्क स्थापनाका लागि रचनात्मक सहयोग गरेका छन् । भक्तपुर नगरपालिकामा अक्सिजन बैङ्क स्थापना गर्न करिब ५० लाख जुटाउने सहकारीले पहल थालेका थिए । त्यसको नजिक आर्थिक सङ्कलन भइसकेको बताइन्छ ।

त्यस्तै बाँकेले पनि अक्सिजन बैङ्क  स्थापना गरेको छ । कैलालीमा किसान बहुउद्देश्यीय, नवजीवन सहकारीले कोभिड नियन्त्रण गर्न राम्रै सहयोग गरेका छन् । अन्य जिल्लामा पनि सहकारीले कोभिड महामारीमा योगदान गरेका छन् ।

तर सहकारीको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासङ्घको इनोसेनमा स्थापना भएको कोरोना नियन्त्रण केन्द्र किन अघि बढ्न सकेन। नेफ्स्कून, कृषि केन्द्रीय सहकारी सङ्घजस्ता सफल केन्द्रीय सङ्घहरू पनि जोडिएको उक्त अभियानले किन सार्थकता पाउन सकेन ।

सहकारीले त्यसमा सहयोग गर्न किन चाहेनन् । कि महासङ्घले पहल गर्न सकेन । अभियान सार्थक नभएपछि सहकारीको २५ लाख रुपैयाँ खेर गएको छ ।

सरकारको इनोसेसनमा सुरु भएको अभियान सफल बनाउँने भन्दा पनि व्यक्तिगत स्वार्थका कारण सुरु भएको र राजनीतिक रङ भरिदा सफल हुन नसकेको सहकारी कर्मीहरुको भनाई छ ।

कि उक्त केन्द्र स्थापना गर्ने प्रयास, पहल र ढाँचा नै मिलेको थिएन ? मल्ल केन्द्रमा उपत्यकाका जिल्ला सङ्घहरू तथा प्रारम्भिक सहकारीले सहयोग नगरेको बताउँछिन् ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले गत वर्ष कोभिडको बेला सरकारले मनमोहन अस्पतालमा कोरोना उपचार गर्न स्वीकृति नदिए पछि समस्या भएको बताए । ‘तत्कालीन समयमा सरकारले नै दिएन,’ उनले भने, ‘सुरुमा आइसोलेसन मात्र राखेर काम भयो, अहिले अस्पताल आफैले कोभिडको उपचार गरिरहेको छ ।’

गत वर्ष तत्कालीन स्वास्थ्य मन्त्रीले कोरोना अस्पताललाई स्वीकृति नदिएपछि २५ लाख भन्दा बढी सहयोग गर्न नसकिएको उनले बताए। ‘तुरुन्त उपचार गर्न सरकारले नदिएपछि अभियान अघि बढ्न सकेन ।’ उनले भने, ‘हामीले स्वास्थ्य मन्त्रीलाई समेत अनुरोध गरेका थियौँ ।’

सरकारको इनोसेसनमा सुरु भएको अभियान सफल बनाउँने भन्दा पनि व्यक्तिगत स्वार्थका कारण सुरु भएको र राजनीतिक रङ भरिदा सफल हुन नसकेको सहकारी कर्मीहरुको भनाई छ ।



Leave a comment