घोराही उपमहानगरपालिका बजेट : प्याजको बिउमा ६० प्रतिशत अनुदान

घोराही उपमहानगरपालिका बजेट : प्याजको बिउमा ६० प्रतिशत अनुदान :: Sahakari Akhabar

दाङ । घोराही उपमहानगरपकालिकाले कृषि सहकारीलाई प्राथमिकता दिने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उपप्रमुख सीता न्यौपाने सिग्देलले कृषि सहकारीलाई ६० प्रतिशत मूल बीउमा अनुदान दिने बताइन् । ६० प्रतिशत अनुदानमा प्याजको बिउ वितरण गर्ने उपमहानगरको लक्ष्य छ ।

सहकारी तथा रोजगार प्रवद्र्धन तर्फ ९ लाख ९० हजार रकम विनियोजन गरिएको छ ।  संघ सरकारबाट हस्तान्तरित कार्यक्रम अन्तरगत बिनियोजित बजेट ४८ लाख समेत ५७ लाख ९० हजार बिनियोजन गरेको उपप्रमुख न्यौपानेले बताइन् ।

आर्थिक विकास अन्तरगत कृषि विकास, पशु सेवा, पर्यटन तथा संस्कृती प्रवद्र्धन, लघु उद्यम विकास, सहकारी तथा रोजगार प्रवद्र्धन, राजश्व प्रवद्र्धन र उपभोक्ता हित संरक्षणका लागि ४ करोड ६० लाख ४ हजार बजेट विनियोजन गरिएको छ । यो  कुल बजेटको २.१० प्रतिशत हो ।




Leave a comment