सहकारीमार्फत रोजगारी कालागि तीन वर्षसम्म ब्याज अनुदान दिने 

भरतपुर महानगरपालिकाको बजेट

सहकारीमार्फत रोजगारी कालागि तीन वर्षसम्म ब्याज अनुदान दिने  :: Sahakari Akhabar

चितवन । भरतपुर महानगरपालिकाले सहकारीमार्फत रोजगारी सिर्जना गर्ने बजेट ल्याएको छ । सहकारी संस्थालाई समुदाय स्तरमा प्रवद्र्धन गरी स्वरोजगार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीमार्फत रोजगारी सिर्जना गर्न सकिने बजेट ल्याएकी हुन् । युवाहरुलाई सहकारी संस्था वा बैंकमार्फत लिने तीन लाख ऋणका लागि शत प्रतिशत र ५ लाख रुपैयाँ सम्मको ऋणमा ८० प्रतिशत ब्याज अनुदान कार्यक्रम सञ्चालन हुने भएको छ । भरतपुरले तीन वर्षसम्म ब्याज अनुदान दिने घोषणा गरेको छ ।

विदेशबाट आर्जन गरेको सीप उपयोग गरी रोजगारी पैदा गर्ने खालका कृषिलगायतका साना उद्यम गर्न चाहने युवालाई अनुदान दिने महानगरको घोषणा छ । उक्त कार्यक्रमका लागि महानगरले ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

महानगरले कृषिलाई पनि प्राथमिकता दिएका छ । कृषि कार्यक्रममा सहकारीले पनि साझेदारी गर्न सक्ने देखिएको छ । भरतपुर महानगरले ४ अर्ब ८१ करोड बढीको बजेट ल्याएको छ । 
 




Leave a comment