लक्ष्मणलाल कर्णले सहकारी सिद्धान्त घोक्न नपाउँदै मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई 

लक्ष्मणलाल कर्णले सहकारी सिद्धान्त घोक्न नपाउँदै मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई  :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मा लिलानाथ श्रेष्ठलाई दिइएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका लिलानाथ श्रेष्ठलाई सहकारीको पनि जिम्मेवारी दिइएको हो । निर्वाचन घोषणापछि सरकारले गरेको जेठ २१ र २७ को जिम्मेवारी गैर संवैधानिक भन्दै सर्वोच्च अदालतले खारज गरिदिएपछि २० मन्त्रीको पद गुमेको थियो ।

यसअघि लक्ष्मणलाल कर्ण सहकारी मन्त्री भएकोमा उनको पद खोसिएसँगै सरकारको सिफारिसमा राष्ट्रपतिको कार्यालयले श्रेष्ठलाई सहकारीको पनि हेर्ने जिम्मेवारी दिएको हो । चार मन्त्री वहाल रहेको अवस्थामा एक मन्त्रीले ५ वटासम्म जिम्मेवारी सम्हालेका छन् । 




Leave a comment