सहकार्यको गतिलो नमुना “एकका लागि एक” अभियान

सहकार्यको गतिलो नमुना “एकका लागि एक” अभियान :: Sahakari Akhabar

एक लागि एक अभियानमा ५० प्रतिशत भन्दा बढी सहकारी कर्मी क्रियाशील भएको संयोजक गिरीले बताए । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका सचिव समेत रहेका गिरीको संयोजकत्वमा सहकारी तथा निजी क्षेत्रको प्रतिनिधिले सहयोग जुटाइरहेका छन् । करिब एक करोड रुपैयाँको लागतमा अक्सिजन बैङ्क स्थापना भएको हो ।

काठमाडौँ । झापामा सहकारीको सक्रियतामा एकका लागि एक अभियानमार्फत अक्सिजन बैङ्क स्थापना भएको छ । कोरोना भाइरस (कोभिड १९)को जोखिम न्यूनीकरण गर्न र त्यसबाट बच्न अभियानमार्फत अक्सिजन बैङ्क स्थापना गरिएको हो ।

गत वर्षदेखि नै सञ्चालन भएको उक्त अभियानले पछिल्लो समयमा अक्सिजन बैङ्क स्थापना गरेको हो । गत वर्ष प्लाज्मा थेरापी सञ्चालन गर्नुका साथै खाद्यान्न र राहत वितरण गरेको थियो ।

अक्सिजनको अभावले कसैको ज्यान नजाओस् भन्ने हेतुले अभियानमार्फत अक्सिजन बैङ्क स्थापना गरिएको झापाका सहकारी अगुवाहरू बताउँछन् ।

देशका विभिन्न भागमा अक्सिजन हाहाकार भएको समाचार आउन थालेसँगै एकका लागि एक अभियानले तत्काल अक्सिजन बैङ्क स्थापना गरेको थियो । प्रति सिलिन्डर १५ हजार रुपैयाँका दरले ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग मागिएको थियो ।

जिल्ला सहकारी सङ्घ झापा, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था झापा, अन्तर्राष्ट्रिय झापाली समाजको सक्रियतामा निजी क्षेत्र समेतको सहभागितामा एकका लागि एक अभियान सुरु भएको हो ।

दोस्रो लहरको कोभिड नेपालमा देखा परेसँगै अक्सिजनको अभाव झेल्दै आएका कोभिडका बिरामी बढिरहेका बेलामा झापाका बिरामीले भने अभियानकै सक्रियताका कारण अभाव महसुस गर्नु परेन ।

अभियानमार्फत अक्सिजन चाहिने सबै बिरामीले उपचार पाइरहेका छन् । बैङ्कबाट अक्सिजन सिलिन्डर लिँदा बजार मूल्य भन्दा एकदमै सस्तो पर्नुका साथै धरौटी पनि राख्नु नपर्ने भएकाले सर्वसाधारण खुसी छन् ।

अभियानले जनस्तरबाट सहयोग जुटाएर जिल्लामा ५ सय सिलिन्डरसहितको अक्सिजन बैङ्क स्थापना गरेको छ । उक्त बैङ्कबाट जिल्लाका सबै खाले अस्पताल, आइसोलेसन सेन्टर तथा होम आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमितले सहजै अक्सिजन सिलिन्डर प्राप्त गर्ने गरेको अभियानका संयोजक महेन्द्रकुमार गिरी बताउँछन् ।

एक लागि एक अभियानमा ५० प्रतिशत भन्दा बढी सहकारी कर्मी क्रियाशील भएको संयोजक गिरीले बताए । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका सचिव समेत रहेका गिरीको संयोजकत्वमा सहकारी तथा निजी क्षेत्रको प्रतिनिधिले सहयोग जुटाइरहेका छन् । करिब एक करोड रुपैयाँको लागतमा अक्सिजन बैङ्क स्थापना भएको हो ।

देशका विभिन्न भागमा अक्सिजन हाहाकार भएको समाचार आउन थालेसँगै एकका लागि एक अभियानले तत्काल अक्सिजन बैङ्क स्थापना गरेको थियो । प्रति सिलिन्डर १५ हजार रुपैयाँका दरले ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग मागिएको थियो ।

एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतले अभियान सुरु भएको ३७ औँ दिनमा आइपुग्दा १ हजार १११ अक्सिजन सिलिन्डरको रकम (१ करोड ६६ लाख ६५ हजार) प्राप्त भएकोमा सामाजिक सञ्जालमार्फत सहयोगीहरूलाई धन्यवाद दिएका छन् ।

जिल्ला संघले ५ लाख, सहाराले १५ लाख सहयोग गरेका छन् । सहाराका धेरै सञ्चालकले व्यक्तिगत रुपमै अभियानमा योगदान गरेका छन् । जिल्ला सहकारी सङ्घले गत वर्ष संस्थागत रुपमै सहयोगको आह्वान गरेको थियो ।

‘अब झापामा अक्सिजन अभावमा कसैले पनि मृत्युवरण गर्नुपर्ने छैन । अक्सिजन बैङ्कलाई व्यवस्थित रूपमा २४ सै घण्टा सेवा दिने गरी सञ्चालन गरिएको छ ।’ उनले लेखेका छन् ।

कोरोनाको तेस्रो लहर पनि आउन सक्ने खतरा आङ्कलन गर्दै अभियानले सबै रकम तत्काल खर्च नगर्ने भएको छ । थप अक्सिजन किन्ने कि, अरू आवश्यकताका वस्तुमा खर्च गर्ने भन्ने विषयमा छलफल भइरहेको अभियन्ता जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकालले बताए ।

अभियानले पीसीआर ल्याब स्थापना गरेका कारण कोभिड परीक्षण गराउन सहज भएको सरोकारवालाहरू बताउँछन् । ४० लिटर क्षमताको अक्सिजनसहितको सिलिन्डर ८ सयमा मात्रै पाउँदा सर्वसाधारण दङ्ग छन् ।

कोरोना सङ्क्रमित बिरामीका लागि प्लाज्मा थेरापी प्रभावकारी देखिएपछि अभियानको पहल र सहयोगमा गत वर्ष नै प्लाज्मा बैङ्क सञ्चालनमा ल्याइएको थियो । अभियानकै सहयोगमा रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडमा गत भदौमा ११ लाख नगद सहयोगमा प्लाज्मा बैङ्क स्थापना भएको थियो ।

ल्याबबाट कोरोना महामारीपछि पनि एचआइभी, क्षयरोग, मलेरिया, हेपाटाइटिसलगायत रोगहरूको परीक्षण गर्न सकिन्छ । गत वर्ष १ करोड ८० लाख ४० हजार रुपैयाँ सहयोग सङ्कलन भएकोमा १ करोड बढी संस्थागत रूपमै सङ्कलन भएको थियो ।

अभियानको सक्रियतामा जिल्लाको कनकाई नगरपालिकास्थित पीसीआर ल्याब स्थापना भएको छ । १ करोड ३ लाख ४८ हजार ५ सय ६० रुपैयाँ लागतमा अभियानले गत वर्ष पीसीआर ल्याब स्थापना गरेको हो ।

अभियानले उक्त ल्याब स्थापना गरी प्रदेश १ सरकारलाई हस्तान्तरण गरिसकेको छ । ४ सय भन्दा बढीको नमुना परीक्षण गर्न सकिन्छ। मेची प्रादेशिक अस्पताल भद्रपुरमा रहेको ल्याबबाट २२ हजार नमुना परीक्षण भइसकेको बताइएको छ ।

संयोजक गिरीका अनुसार ल्याबबाट कोरोना महामारीपछि पनि एचआइभी, क्षयरोग, मलेरिया, हेपाटाइटिसलगायत रोगहरूको परीक्षण गर्न सकिन्छ । गत वर्ष १ करोड ८० लाख ४० हजार रुपैयाँ सहयोग सङ्कलन भएकोमा १ करोड बढी संस्थागत रूपमै सङ्कलन भएको थियो ।

अध्यक्ष गणेश ढकालले संस्थागत, व्यक्तिगत दुवै तवरले एकका लागि एक अभियान सफल भएको बताए । उनका अनुसार व्यक्तिगत योगदान गर्नेमा पनि धेरैजसो सहकारी क्षेत्रमा लागेका व्यक्ति छन् ।

उक्त अभियानमा जिल्ला संघले ५ लाख, सहाराले १५ लाख सहयोग गरेका छन् । सहाराका धेरै सञ्चालकले व्यक्तिगत रुपमै अभियानमा योगदान गरेका छन् । जिल्ला सहकारी सङ्घले गत वर्ष संस्थागत रुपमै सहयोगको आह्वान गरेको थियो ।




Leave a comment