बिराटनगर । जिल्ला प्रसासन कार्यालय मोरङ्ले एक हप्ता निषेधज्ञा थप गरेको छ । असार १४ गतेसम्म लागू हुने गरि निषेधज्ञा थप गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाद्वारा जारी निषेधाज्ञा निर्देशनमा बैंक वित्तिय संस्थाबाहेक सहकारीहरु खोल्न नपाउने उल्लेख गरिएको छ ।
अहिलेसम्म सहकारीलाइ अत्यावश्यक सेवा नठानिदा यस्तो समस्या आएको सहकारीकर्मिहरु बताउछ्न । तर मोरङका सहकारीहरुले स्वास्थ मापदण्ड अपनाएर सेवा दिन थालीसकेका छन ।
विराटनगरका केहीले मात्र कार्यालय खोलेका छैनन् । विराटनगर बाहिरका अधिकांश सहकारीले कार्यालय खोलेर सेवा दिन थालेका छन् ।
सदस्यहरुलाई ऋण लगानीदेखि बचत संकलनलगायतका सेवा हरेक दिन गर्नुपर्ने भएकाले घरबाटै तथा सम्पर्क व्यक्तिमार्फत बाट मात्र गाह्रो हुने भएकाले कार्यालयबाट नै सेवा दिन थालेको सहकारी सञ्चालकहरुले बताएका छन् ।
निषेज्ञा केही खुकुलो हुँदै गएपछि प्रशासनले रोकेपनि सहकारीहरुले कार्यालयबाटै सेवा दिन थालेका हुन् ।
Leave a comment