सहकारी खोल्न नसके, सेवाकाे बैकल्पिक ब्यवस्था मिलाउन प्रशासनको निर्देशन

सहकारी खोल्न नसके, सेवाकाे बैकल्पिक ब्यवस्था मिलाउन प्रशासनको निर्देशन :: Sahakari Akhabar

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कार्यालयहरु खोली सेवा प्रवाह गर्न सूचना जारी गरेको छ । प्रशासनले सूचना प्रकाशन गरी बैंक वित्तिय संस्थालगायत सहकारी संस्थाका कार्यालय खोलेर सेवा दिन सकिने जनाएको छ ।

७ गतेसम्मको जारी निषेधाज्ञा एक साता थपिएर असार १४ गते सम्म पुगेको जनाएको छ । निषेधाज्ञामा बैंक वित्तिय संस्थाका साथै बिमा समिति, बिमा कम्पनीहरु, सहकारी संस्थाहरु, रेमिट र गैरसरकारी स्थाहरुले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सेवा संचालन गर्न उल्लेख गरेको छ ।

संस्थाले दिएको परिचय पत्रको आधारमा आवत जावत गर्न सकिने समेत सूचनामा उल्लेख छ । साथै भिडभाड कम हुनेगरी न्युनतम जनशक्ती प्रयोग गरी कार्यालय संचालन गर्ने साथै सेवाको बैकल्पिक ब्यवस्था मिलाउन समेत भनेको छ ।

थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने तोकिएको बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ । असार ८ गतेदेखि एक साता अर्थात असार १४ गतेसम्मको लागि निषेधाज्ञा थपिएको हो ।



Leave a comment