निषेधाज्ञा एक साता थपियो, सहकारीले पूर्ण समय सेवा दिन पाउने

निषेधाज्ञा एक साता थपियो, सहकारीले पूर्ण समय सेवा दिन पाउने :: Sahakari Akhabar

काठमाडौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । आइतबार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आगामी असार १४ गते सम्मको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा सहकारी संस्थाहरुले पूर्ण रुपमा सेवा दिन पाउने भएका छन् । तर सिमित जनशक्ती र स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिन पाइने भएको छ । भिडभाड कम हुने गरेर आलो पालो प्रणालीमा सहकारी संस्था तथा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले सेवा दिन पाउने भएका हुन् ।



Leave a comment