सातामा दुईदिन मात्र खोल्न पाउने
काठमाडौ । उपत्यकामा लगाइएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले केही खुकुलो पार्दै निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो ।
कोभिड १९ संक्रमणको त्रासमा सरकारले बैशाख १६ गते देखि निरन्तर निषेधाज्ञा जारी गरेको छ । यससंगै असारको पहिलो सातासम्म निषेधाज्ञा लम्बिएको हो ।
निषेधाज्ञाको समयामा बैंक वित्तिय संस्थाको सेवा प्रवाहको विषमा प्रशासनले बोलेपनि सहकारीका विषमा उल्लेख नहुँदा सहकारीकर्मीले बिरोध जनाएका थिए ।
सहकारीका निकायको कमजोर लबिङका कारण सहकारी पछि परेको उनीहरुको भनाई थियो । यस पटको सूचचनामा सहकारीको विषमा पनि सम्बोधन हुँदा सहकारीकर्मी ढुक्क भएका छन् ।
निषेधाज्ञाको समयावधी बढेसंगै सहकारी संस्था पनि निर्धारित समयमा खोल्न पाइने भएको छ । सहकारीका लागि सातामा दुई दिन (आइतबार र बिहिबार) खोल्न दिने निर्णय भएको छ ।
त्यसैगरी सवारी साधनको हकमा सम्वन्धित मन्त्रालयका सचिव तथा विभागीय प्रमुखले सिफारिस गरेको पास तथा परिचय पत्रको आधारमा आवत जावत गर्नदिने ब्यवस्था मिलाउन सूचनामा भनेको छ ।
Leave a comment