- अनुदानमै सकियो गत वर्षको सहकारी कार्यक्रम
- समान कार्यक्षेत्र भएका सहकारीहरुको एकिकरण गर्ने कार्यक्रममलाई निरन्तरता दिइनेछ
काठमाडौं । सुदूर पश्चिम प्रदेशले एक सहकारी एक उत्पादन कार्यक्रम संचालन गर्ने भएको छ । सहकारी संघ मार्फत संचालन हुनेगरी समुदायस्तरमा सीप विकास तथा आय आर्जन तालिम संचालन गर्ने जनाएको छ ।
सुदूर पश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा प्रदेश प्रमुख गंगाप्रसाद यादवले चालु वर्षको प्रगती बिवरण पनि प्रस्तुत गरेका थिए ।
चालु वर्षको कार्यक्रममा २० उत्पादनमूलक सहकारी संस्थालाई बीउ पूँजी र ३२ सहकारी संस्थालाई भवन तथा भण्डार गृह निर्माणकालागि अनुदान दिएको बताए ।
त्यसैगरी कृषहरुलाई ७० लाख बराबरको रासायनीक मलमा अनुदान दिइएको । कृषक समुह कृषि सहकारी सामुदायीक बीउ बैंक र बीउ कम्पनीहरुको साझेदारीमा ३५ स्थानीय तहमा बीउ स्रोत केन्द्र स्थापना तथा स्तर उन्नती गरिएको जानकारी दिए ।
के छ सहकारी सम्वन्धि २०७८/०७९ को नीति तथा कार्यक्रममा
१, सहकारी संस्था मार्फत कृषि तथा पशुपंक्षी बीमा प्रवद्र्धन, कृषि ऋण प्रवाह तथा कृषि प्रसार सेवा विस्तारकालागि अनुदान प्रदान गरिनेछ ।
२, कृषि यान्त्रिकीकरण प्रवद्र्धनकालागि कृषक समुह, सहकारी तथा स्थानीय तहको सहकार्यमा कष्टम हायरिङ सेन्टरहरु स्थापना गरिनेछ । कृषि उद्यमको विकासकालागि कृषि उष्मायन पद्दतीको विस्तार गरी थप प्रभावकारी बनाइनेछ ।
३, प्रदेशलाई अण्डामा आत्मनिर्भर बनाउन माउ कुखुरा ब्यवस्थापन तथा ह्याचरी उद्योग स्थापनाको लागि सहकारी तथा नीजि क्षेत्रसंग सहकार्य गरी कार्यक्रम सञ्चालन गनिेछ ।
४,“एक सहकारी, एक उत्पादन” कार्यक्रम सञ्चालन गरिनेछ । सहकारी संघ मार्फत सञ्चालन हुनेगरी समुदायस्तरमा सीप विकास तथा आय आर्जन तालिम प्रदान गरिनेछ ।
५, सहकारी संस्था संगको सहकार्यमा स्थानीय तथा रैथाने बस्तुहरुको बजारीकरणका लागि सूपथ मूल्यका पसल सञ्चालन गरिनेछ ।
६, समान कार्यक्षेत्र भएका सहकारीहरुको एकिकरण गर्ने कार्यक्रममलाई निरन्तरता दिइनेछ । प्रदेश स्तरका सम्पूर्ण सहकारी संस्थाहरुलाई सहकारी तथा गरिबी ब्यवस्थापन सूचना प्रणालीमा आवद्ध गराइनेछ ।
Leave a comment