सहकारी मन्त्रालयको जिम्मा लक्ष्मणलाल कर्णलाई

सहकारी मन्त्रालयको जिम्मा लक्ष्मणलाल कर्णलाई :: Sahakari Akhabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको जिम्मेवारी लक्ष्मणलाल कर्णलाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज गरेको मन्त्रिपरिषद् पुनर्गठनमा कर्णले सहकारी मन्त्रालयको जिम्मेवारी पाएका हुन् । सरकारमा जनता समाजवादी पार्टी (जसपा) का केही सांसद सहभागी भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषधमा हेरफेर गरेका छन् ।

गत पुस १० गते मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको जिम्मेवारी दिएका थिए । 



Leave a comment