काठमाडौं । सहकारी क्षेत्रबाट प्रवाहित हुने कर्जामा २ प्रतिशतले कमी आएको छ । अर्थ मन्त्रालयले हीजाे सर्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमार्फत चालू आर्थिक वर्षको फागुनसम्म ४ खर्ब २६ अर्ब २६ करोड ऋण परिचालन भएको छ । गत आर्थिक वर्षको फागुनसम्म ३ खर्ब ४१ अर्ब ७१ करोड ऋण परिचालन भएको थियो ।
त्यस्तै चालू आवको फागुनसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड बचत संकलन भएको छ । गत आवको सोही अवधिमा ३ खर्ब ५० अर्ब ५८ करोड बचत परिचालन भएको छ ।
फागुनसम्म सहकारीको संख्या २९ हजार ८ सय ८६ रहेकोमा ती संस्थामा सेयर सदस्य ७३ लाख ७ हजार ४ सय ६२ पुगेको छ । संस्थाले ८६ हजार ९ सय ३ जनालाई रोजगारी दिएका छन् ।
सेयर पुँजी ९४ अर्ब १० करोड पुगेको सर्भेक्षणमा उल्लेख गरिएको छ । नियमन एवम् प्रवद्र्धनलाई प्रभावकारी तुल्याउन एवम् सहकारीको तथ्यांकको आधार तुल्याउन सहकारी तथा गरिबी निवारण प्रणाली(कोपोमिस) कार्यान्वयनमा ल्याइएको जनाइएको छ ।
स्थानीय तहबाट सञ्चालित गरिब घर परिवारको पहिचान र तथ्यांक संकलन प्रभावित भएको सर्भेक्षणमा उल्लेख छ । प्रारम्भीक सहकारीबाहेक राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक एकएक र विषयगत केन्द्रीय सहकारी संघ १९, जिल्ला सहकारी संघ ७०, विषयगत जिल्ला संघ २ सय ५६ दर्ता भई सञ्चालनमा छन् ।
त्यस्तै श्रोत बिउमा आधारित अनुदान र स्थानीय तहमा खाद्यन्न घर निर्माणको काम समेत प्रभावित भएको बताइएको छ । कोभिड १९ का कारण भएको बन्दाबन्दीले कृषिसँग सम्बन्धीत उत्पादन सामग्री मलखाद, बिउबिजन, विषादी र कृषि औजार सामग्रीमा सहजता ल्याइएको बताइएको छ । कृषि उपजको मूल्य भई प्रभावित भएको सर्भेक्षणमा उल्लेख छ ।
Leave a comment