विशिष्टीकृत सहकारी सङ्घ, जिल्ला तथा केन्द्रीय सङ्घको माध्यमबाट पनि बचत सहकारीले उत्पादन तथा व्यवसायका काम गर्न सक्ने उनको भनाइ छ । ‘उत्पादनतर्फ बचतको कोष र सेयरको रकम लगाउन फोकस गर्नुपर्छ’
काठमाडौँ । सहकारीको कोष परिचालन गर्ने विषयमा सहकारी अभियानको एकमत छैन । सहकारीलाई उत्पादन र व्यवसायीकरणमा लाने सवालमा सहकारी अभियान एकमत देखिँदैन ।
सहकारीलाई पैसाको किनबेचमा मात्र केन्द्रित भइरहेको आरोप लागिरहेका बेला राष्ट्रिय सहकारी महासङ्घले बचत तथा ऋण सहकारी संस्थाको कोष र शेयरको पुँजी उत्पादन र व्यवसायीकरणमा जोड्न चाहेको प्रस्ट पारेको छ । तर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) बचत, सेयर पुँजी र कोषको पैसा लगानी गर्न नमिल्ने बताउँदै आएको छ ।
कृषि टेलिभिजनसँग आइतबार बिहान सहकारी मार्फत समृद्धि कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले बचत तथा ऋण सहकारीले कोष र सेयर रकमको निश्चित प्रतिशत उत्पादनमा लगाउनुपर्ने बताए । संस्था आफैले पनि उत्पादनसँग जोडिन तथा दुई वा दुई भन्दा बढी संस्था मिलेर साझेदारी व्यवसाय गर्न सक्ने उनले बताए ।
विशिष्टीकृत सहकारी सङ्घ, जिल्ला तथा केन्द्रीय सङ्घको माध्यमबाट पनि बचत सहकारीले उत्पादन तथा व्यवसायका काम गर्न सक्ने उनको भनाइ छ । ‘उत्पादनतर्फ बचतको कोष र सेयरको रकम लगाउन फोकस गर्नुपर्छ’ उनले भने । सार्वजनिक, निजी र सहकारीको साझेदारीमा पनि ठूला ठूला प्रोजेक्ट सञ्चालन गर्न सकिने अध्यक्ष कँडेल बताउँछन् ।
‘सहकारी ऐन, कानुन बाधक छन्, संशोधन गरेरै भए पनि तीन वटै पक्षसँग मिलेर जान सके उत्पादन र व्यवसायमा सहकारी जोडिने वातावरण तयार गर्नुपर्छ ।’ कँडेलले भने ।
कानुन संशोधन गरेरै भए पनि उत्पादन र बजारीकरणमा जानुपर्ने बताउँछन् । बचतको पैसा प्रयोग गर्न नमिले पनि कोष र शेयर पुँजीको रकम उत्पादन र बजारीकरणमा लानुपर्नेमा उनले जोड दिए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालले गैर वित्तीय क्षेत्रमा सहकारीले लगानी गर्न नमिल्ने बताए ।
गैर वित्तीय क्षेत्रमा लगानी गर्न नमिल्ने अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालले पनि आत्मसात् गरेकाले बचत सहकारीले गैर वित्तीय क्षेत्रमा लगानी गर्न नमिल्ने उनको अडान छ ।
अध्यक्ष पौड्यालले वित्तीय सुरक्षा र जोखिम न्यूनीकरण गर्न कोष र शेयरको रकम लगानी गर्न नमिल्ने बताए । ‘अहिलेको विधिले, कानुनले पुँजी प्रवाह र पुँजी लगानी गर्न नदिएपछि हामी गैर वित्तीय क्षेत्रमा लगानी गर्नबाट ब्याक भयौँ’ उनले भने ।
अध्यक्ष कँडेल पैसाको मात्र कारोबार गर्ने आरोप लागिरहेका बेला कानुन संशोधन गरेरै भए पनि उत्पादन र बजारीकरणमा जानुपर्ने बताउँछन् । बचतको पैसा प्रयोग गर्न नमिले पनि कोष र शेयर पुँजीको रकम उत्पादन र बजारीकरणमा लानुपर्नेमा उनले जोड दिए ।
‘अहिले सहकारीको ठुलो पैसा आइडल भएर बसेको छ । पैसा त बैङ्क तथा वित्तीय संस्थाले पनि दिइरहेका छन् नि ! अब सहकारीले उत्पादनमा किन नजाने भन्ने प्रश्न तेर्सिएको छ ?’ कँडेलले भने ।
नेफ्स्कुनका अध्यक्ष पौड्यालले कोष र सेयरको रकम पनि उत्पादनशील क्षेत्रमा लगाउन नमिल्ने भन्दै यसका विषयमा महासङ्घमा छलफल चलाउने बताए । ‘सहकारीले सदस्यलाई वित्तीय अवसर र पहुँच निर्माण गर्ने मात्र हो ।
आफै लगानी गर्ने होइन’ कँडेलले भने । समृद्धिको आयाम जीविकासँग जोडिएकाले सदस्यमार्फत औद्योगिक सहकारी कोरिडोर निर्माण गर्नुपर्ने उनले जोड दिए ।
बचतको पैसा गैर वित्तीय क्षेत्रमा लगानी गर्दा सहकारीको संस्थागत संरचना, विकास र सुरक्षा नहुने उनले प्रष्ट्याए । ‘बचत सहकारीले आफ्नो विशेषता निर्माण गर्ने हो बचतले कृषिमा लगानी गर्ने होइन ।’
नेफ्स्कुनका अध्यक्ष पौड्यालले कोष र सेयरको रकम पनि उत्पादनशील क्षेत्रमा लगाउन नमिल्ने भन्दै यसका विषयमा महासंघमा छलफल चलाउने बताए
महासङ्घ सँगको शैद्धान्तिक धारणामा विमति रहेकाले छलफलबिना निष्कर्षमा पुग्न नसकिने उनले बताए । अध्यक्ष कँडेलले मिडियामा बहस गर्नुभन्दा पनि आन्तरिक छलफल गरेर अघि बढ्नुपर्ने बताए ।
सहकारी मैत्री नभएका ऐन संशोधन गर्नपर्छ । ७० प्रतिशत बचत र ३० प्रतिशत उत्पादनमै जाने वातावरण बनाउन ऐन संशोधनको विकल्प नभएको बताए । बचत संस्थालाई सिस्टममा ल्याउनुपर्छ’ धेरै बचतमै समस्या भएकाले नेफ्स्कुन लगायतले ध्यान दिनै पर्छ ।
महासङ्घले १० वर्षे रणनीति तयार गर्दै गरेको चर्चा गर्दै अध्यक्ष कँडेलले कोअपरेटिभ कल्चर विकास गर्न गाइडलाइन तयार गर्न लागेको र उत्पादनमा निर्वाध रुपमा जान सहकारी मैत्री कानुन निर्माण गर्न लागिएको बताए ।
अध्यक्ष कँडेलले ७० प्रतिशत बचत गरे पनि ३० प्रतिशत उत्पादनसँग जोडिने सहमति भए पनि ऐन आउँदा उल्टो कुरा आएको बताए । ऐन संशोधन त्यति बेला देखि नै पहल भइरहेको छ ।
अब सहकारी उत्पादन र व्यवसायमा जोडिनै पर्छ । अन्तर्राष्ट्रिय अभ्यास दुई वटा छन् । उत्पादन र बजारीकरणमा पनि सहकारीले उदाहरणीय काम गरेका छन् । वित्तीय क्षेत्रमा मात्रै पनि काम गरिरहेका छन् ।
कोष र शेयर पुँजी उत्पादनमै लगाउनुपर्ने उनले जोड दिए । सहकारीले गर्ने व्यवसाय मर्यादित हुनुपर्छ । महासङ्घले १० वर्षे रणनीति तयार गर्दै गरेको चर्चा गर्दै अध्यक्ष कँडेलले कोअपरेटिभ कल्चर विकास गर्न गाइडलाइन तयार गर्न लागेको र उत्पादनमा निर्वाध रुपमा जान सहकारी मैत्री कानुन निर्माण गर्न लागिएको बताए ।
Leave a comment