काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले नेपाल र भारतमा दिनानुदिन फैलिदै गएको कोभिड–१९ को नियन्त्रण र उपचारका लागि ‘विश्व महामारी कोष’ (ग्लोवल पेन्डामिक फन्ड) स्थापना गरी सहयोग गर्ने भएको छ ।
मंगलबार आइसीएका अध्यक्ष एरियल ग्वार्कोले आइसीएका सदस्य संस्थाहरुसँग गरेको छलफलपछि ‘विश्व महामारी कोष’ स्थापना गरी कोरोनाबाट प्रभावित देशहरु विषेशगरी नेपाल र भारतमा सहयोग गर्ने बचन दिएका हुन् ।
ग्वार्कोले विभिन्न देशमा उत्पादन भएको कोरोना भ्याक्सिन प्रदान गर्ने काम ति देशका सम्बन्धीत सरकारले गरिरहेकोले आफुहरुले भ्याक्सिन उपलव्ध गराउन नसकिने भन्दै महासंघले कोरोना प्रभावित देशहरुलाई कोष स्थापना गरी संकलन भएको रकमबाट सहयोग गर्न सकिने बताए ।
अध्यक्ष ग्वार्कोले कोरोना महामारीका कारण नेपालको सहकारी क्षेत्रमा पारेको नकारात्मक प्रभावप्रति दुख व्यक्त गर्दै सहकारीमा संलग्न मानिसहरुसँग सहनशिल क्षमताका कारण सहकारी व्यवसाय समुत्थान हुने विश्वास रहेको पनि बताए । ग्वार्कोले नेपालमा कोभीडको अवस्था र सहकारी क्षेत्रमा यसको प्रभावबारे आफूलाई प्राप्त जानकारी आगामी विश्व सहकारी मञ्चमा प्रस्तुत गर्ने समेत बचन दिए ।
राष्ट्रिय सहकारी माहासंघका अध्यक्ष मीनराज कडेंलले महामारी समुत्थानका लागि विश्व सहकारी अभियान एक ढिक्का भई आपसी सहयोग आदान प्रदान गर्न आवश्यक रहेको बताए ।
आईसीए ग्लोेवल वोर्ड मेम्बर तथा महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सरकारद्वारा स्थापित कोरोना रोकथाम, उपचार तथा नियन्त्रण कोषमा नेपालको सहकारी क्षेत्रको योगदान प्रशंसनीय रहेको बताइन् ।
हाल सहकारी अभियानले तत्काल कोभीड भ्याक्सीनको व्यवस्था गर्न, अन्सीजन प्लान्ट निर्माण गर्न, अन्सीजन सीलिण्डर उपलव्ध गराउन, कोभीडका औषधी, मास्क सेनीटाइजर, भेन्टीलेटर लगायतका सामग्रीहरुको उपलव्ध गराउनका लागि सहकारी क्षेत्रले भुमिका खेल्नुपर्ने मल्लको भनाई थियो ।
Leave a comment