झापा जिल्ला संघले निशुल्क पिसिआर परिक्षण गराउने

झापा जिल्ला संघले निशुल्क पिसिआर परिक्षण गराउने :: Sahakari Akhabar

झापा । जिल्ला सहकारी संघले निशुल्क पिसिआर परिक्षण गराउने भएको छ । संघले सूचना जारी गरी सहकारी संस्थाका संचालक तथा उपसमितिका पदाधिकारीहरुको निशुल्क पिसिआर परिक्षण गराउने जनाएको हो ।

संघको बैशाख ३१ गते शुक्रवार बसेको संचालक समितिको भर्चुअल बैठकले निशुल्क पिसिआर परिक्षणको निर्णय गरेको हो । संघले निशुल्क पिसिआर परिक्षण गराउन चाहने सहकारी संस्थाका संचालक समिति, उप–समितिका पदाधिकारीहरुलाई जेष्ठ ६ गते बिहिवारसम्म नाम लेखाउन अनुरोध गरेको छ ।

संघले उक्त दिनको १२ बजे सम्म जिल्ला सहकारी संघको ईमेल वा सम्पर्क ब्यक्ती मार्फत नाम टिपाउन अनुरोध गरेको हो । जेठ सात गते ७ नम्वर वडा कार्यालय पशुहाट दमक र ८ गते अनारमनी हेल्थपोष्ट बिर्तामोर्डमा बिहान ११ बजेदेखि परिक्षण हुने जनाएको छ ।



Leave a comment