बागलुङ २ जेठ । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजना सहकारी नीति निर्माण विषयक एक दिने तालिम आइतवार दिइएको छ ।
बागलुङ शाखा अन्तरगत धौलागिरी क्षेत्रका सहकारी संघ संस्थाका सञ्चालक तथा कर्मचारीहरुलाई लक्षित गरी भर्चुअल माध्यमबाट तालिम सञ्चालन गरिएको थियो ।
सहकारीहरुलाई सक्षम रुपमा सञ्चालनका लागि योजनावद्ध तरिकाले अगाडि बढाउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा धौलागिरी क्षेत्रका विभिन्न सहकारी संघ संस्थाका १ सय ३० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो।
बैंकको तालिम विभागका अधिकृत सूर्य रिमालले सहकारीमा योजना निर्माण प्रक्रिया, संस्थाको उद्देश्य तथा लक्ष्य निर्धारण, प्रभावकारी अनुगमन तथा मूल्यांकनका लागि आवश्यक विषयहरु लगायतका विषयमा सहजीकरण गरेका थिए ।
Leave a comment