कानुनलाइ चुनौतीः सहकारीको संस्थापक सदस्य बन्न विज्ञापन

कानुनलाइ चुनौतीः सहकारीको संस्थापक सदस्य बन्न विज्ञापन :: Sahakari Akhabar

काठमाडौ । मोरङको उर्लाबारीमा स्थापना हुनलागेको भनिएको एक सहकारीले सस्थापक सदस्यकालागि सामाजीक सञ्जालमा विज्ञापन गरेको छ ।

उर्लाबारी नगरपालिका कार्यक्षेत्र रहेको उक्त संस्थाले संस्थापक सदस्य बन्न सामाजीक सञ्जाल (फेसबुक) मा विज्ञापन गरेको हो । विज्ञापनमा ‘मोरंग उर्लाबारी नगरपालिका भित्र सेवा क्षेत्र भयको ग्रो मोर बचत तथा ऋण सहकारी सस्था लिमिटेड स्थापना हुन लागेकोले सदस्य हुन इच्छुकहरुले चाडै सम्पर्क गर्नुहोला ।

सदस्य बन्न कम्तिमा १,००० देखि रु ५,००,००० सम्म लगानी गर्न पर्ने’ उल्लेख छ । बिहिबार ९ बजेर १६ मिनेटमा पोष्ट गरेको विज्ञापनमा तुरुन्त सम्पर्क गर्न नम्वर समेत राखिएको छ ।

सहकारी कानुनले सहकारीको सदस्य बन्न प्रारम्भिक सहकारी शिक्षा लगाएतका आधारहरु तय गरेपनि उक्त संस्थाले खुलेआम विज्ञापन मार्फत सस्थापक सदस्य बनाउने लोभ देखाएको छ ।

संघिय संरचना पछि सहकारी संस्थाहरुको दर्ता तथा नियमन स्थानीय निकायले गर्नथालेपछि सहकारी खरिद बिक्रीजस्ता बिकृती आएको जानकारहरु बताउँछन् ।

नियामक निकायलाईनै चुनौती दिएर खुलेआम विज्ञापन गरिरहेकको संस्थालाई नियामककोनै संरक्षण रहेको हुनसक्ने सहकारीकर्मीको भनाई छ । सहकारी ऐनले सदस्यलाई लोभ्याउनेखाले विज्ञापनजस्ता कार्य गर्न बन्देज लगाएको छ ।

पछिल्लो समय बचत तथा ऋणको कारोबार गर्ने सहकारी पूर्णरुपमा दर्ता बन्द रहेको समयमा त्यही उद्देश्यको सहकारी स्थापना हुनलाग्नुमा चलखेल हुनसक्ने बताइएको छ । संस्था ग्रो मोर क्यापिटल एण्ड एसेट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेड समुहले संचालन गर्नलागिएको संंस्थाको वेभसाइडमा जनाइएको छ ।



Leave a comment