Sahakari Akhabar

घरदैलो बचत संकलन पूर्णरुपमा बन्द गर्न, महासङ्घको निर्देशन

घरदैलो बचत संकलन पूर्णरुपमा बन्द गर्न, महासङ्घको निर्देशन :: Sahakari Akhabar

काठमाडौँ  । राष्ट्रिय सहकारी महासङ्घले सहकारीलाइ घर दैलो बचत संकलन जस्ता कार्य तत्कालकालागि पूर्णरुपमा बन्द गर्न निर्देशन जारी गरेको छ । संघले आज (३०गते) सहकारी संघ संस्थालाई ७ बुँदे अपिल जारी गरेको हो ।

महासङ्घले  अहिलेको परिस्थितिमा सम्पर्क व्यक्ती तोकेर र प्रविधिको प्रयोगबाट मात्र सेवा दिन अनुरोध गरेको छ । अपिलमा निशेधाज्ञाभर बचत सङ्कलनको कार्य पुर्णरुपमा बन्द गर्न र बन्दाबन्दी नभएका जिल्लाका सहकारीलाई पनि सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन भनेको छ ।

कार्यालय खोलेर प्रवाह गर्ने सवै खाले सेवा हाललाई स्थगीत गर्न महासंघको अपिल छ । सदस्यसंग नियमित सम्पर्कमा रही उनीहरुलाई परेको समस्यामा स्थानीय तहसंग समन्वय गरी सहजीकरण गर्न महासंघको सुझाव छ ।

त्यसैगरी खाद्यान्न, दूध, फलफूल तरकारीलगायतका गैरवित्तिय सेवा प्रवाह गर्ने सहकारी संघसंस्थाहरुले स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रवाह गर्न महासंघले अपिल गरेको छ ।



Leave a comment