सहकारीकालागि इन्फोडेभलपर्सको एटीएम सेवाको विकल्प ‘स्पट बैंकिङ’ सेवा

सहकारीकालागि इन्फोडेभलपर्सको एटीएम सेवाको विकल्प ‘स्पट बैंकिङ’ सेवा :: Sahakari Akhabar

काठमाडौं । इन्फोडेभलर्पसले स्पट बैंकिङ्ग सेवा पनि सार्वजनिक गरेको छ । सहकारीका सदस्यहरुले एमडबली मोबाईल बैंकिङ प्लेटर्फम मार्फत यो सेवा प्रयोग गरि सजिलै खातामा रकम जम्मा गर्न र निकाल्न सक्ने छन् ।

यो सेवाको प्रयोगबाट खातामा रकम जम्मा गर्न र निकाल्न सहकारीको कर्यालय सम्म पुग्न नपर्ने र तोकिएको व्यक्ति अर्थात ‘स्पट लिडर’ बाट सजिलै कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।

अब सहकारीले पहिले जस्तो खुला रूपमा सदस्यहरुसंग सम्पर्क गरि बैंकिङ्ग कारोबार गर्न नपर्ने भएको छ । इन्फोडेभलर्पसले एमडबली मोबाईल बैंकिङमा स्पट बैंकिङ्ग सर्भिस (घरदैलो बैंकिङ्ग) को सुरुवात गरेको हो ।

यसको प्रयोग गरी सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई ‘स्पट लिडर’ को  नियुक्ति गरी आफ्नो गाउँ (ठाउँमै खातामा रकम राख्ने र निकाल्ने सुविधा उपलब्ध गराउन सक्ने जनाइएको छ ।

स्पट बैंकिङ्ग सेवालाई संस्थाहरुले एटीएम सेवाको विकल्पको रूपमा प्रयोग गर्न सक्ने कुरा पनि उनले बताए । इन्फोडेभलर्पसले विकास गरेको एमडबली मोबाइल एपबाट सहकारी र लघुवित्तका सदस्यहरुले आफ्नो खाताको रकम नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा तुरुन्तै ट्रान्सफर गर्न सक्छन ।

स्पट लिडरहरुले एमडबली एपमा रहेको सहकारीमा बैंक ट्रान्सफर गर्ने सुविधा प्रयोग गरी वास्तविक समयमा नै कारोबार गरेर त्यसको हिसाब मिलान गर्न सक्नेछन् ।

यसरी संस्था, स्पट लिडर तथा सदस्यहरु एक आपसमा भेट नगरी पूर्ण रुपमा बैंकिङ्ग कारोबार गर्न सक्नेछन् । स्पट बैंकिङ्ग सेवाबाट सहकारी संस्थाहरुले आफ्ना सदस्यको आय अभिवृद्धि गर्ने कार्यमा मद्दत गर्नुका साथै स्पट लिडरबाट घरदैलो बैंकिङ्ग सेवा संचालन गर्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशीले जानकारी दिए ।

स्पट बैंकिङ्ग सेवालाई संस्थाहरुले एटीएम सेवाको विकल्पको रूपमा प्रयोग गर्न सक्ने कुरा पनि उनले बताए । इन्फोडेभलर्पसले विकास गरेको एमडबली मोबाइल एपबाट सहकारी र लघुवित्तका सदस्यहरुले आफ्नो खाताको रकम नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा तुरुन्तै ट्रान्सफर गर्न सक्छन ।

त्यस्तै सदस्यहरुले घरमै बसेर यो सेवाबाट आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न,  ऋणको जानकारी लिन र तिर्न, तथा फोन, इन्टरनेट, टिभि रिचार्ज गर्न पनि सक्ने रघुबंशीले बताए ।

साथै बिजुली तथा खानेपानीको बिल तिर्न, हवाई टिकट काट्न, क्युआर भुक्तानी (फोन पे) गर्न, बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न आदि कार्य पनि घरबाटै गर्न सक्छन ।

विगत १९ वर्षदेखि सूचना तथा संचार प्रविधि क्षेत्रमा कार्य गर्दै आएको इन्फोडेभलर्पस प्रालिले सहकारी तथा लघुवित्तहरुको लागि कोर बैंकिङ्ग सिस्टमका साथै अन्य विभिन्न सेवाहरु पनि प्रदान गर्दै आएको छ ।




Leave a comment