कैलाली । लम्कीचुहा नगरपालिका– १ लम्की कैलालीमा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले ‘किसान अक्सिजन बैंक’ स्थापना गरेको छ ।
कोरोना संक्रमित बिरामीहरु बढ्न गई उपचारमा समस्या भएको तथा अक्सिजन नपाएर बिरामीहरुको मृत्यु भईरहेको अवस्थामा अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस भन्ने अभिप्रायका साथ ‘किसान अक्सिजन बैंक’ स्थापना गरेको संस्थाले जनाएको छ ।
संस्थाको तर्फबाट ४० थान अक्सिजन सिलिन्डर जम्मा गरी उक्त अक्सिजन बैंकको सुरुवात गरिएको संस्थाका महा–प्रबन्धक डम्बरबहादुर शाहले जानकारी दिए ।
यस अभियानमा सरिक भई सक्दो सहयोगका लागि सरकारी, गैर–सरकारी, सामाजिक, शैक्षिक, बैंक तथा वित्तीय संस्थाहरु, राजनितिक संघ संस्थाहरु, विभिन्न संगठनहरु, उद्यमीहरु, व्यापारीहरु, पत्रकारहरु लगायत आम नागरिकहरुमा संस्थाले अपिल समेत गरेको छ ।
यस अभियानमा सहयोग गर्न चाहने व्यक्ती तथा संस्थाको नाममा रहेको ग्लोबल आइएमई बैंक लिमिटेड, लम्की शाखामा रकम जम्मा गर्न सक्नेछ ।
त्यस्तै ईसेवामार्फत पनि सहयोग गर्न सकिने संस्थाले जनाएको छ । बैंक खाता नम्बर 2001010000073 रहेको छ भने ईसेवा आईडी 9864759065 रहेको छ ।
Leave a comment